काठमाडौं । नामीले नेपालमा आफ्नो पहिलो मोडेल नामी ०१ सार्वजनिक गरेको एक वर्ष पूरा भएको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।नेपालमै पहिलोपटक, २२ अगस्ट २०२४ मा, सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा सबिन राई एण्ड द फ्यारोको लाइभ कन्सर्ट र फेशन शोमार्फत नामीले आफ्नो भव्य डेब्यु गरेको थियो ।
१२ महिनामै नामीले नेपालभर आफ्नो उपस्थिति विस्तार गर्दै ग्राहकको उत्साहपूर्ण स्वागत पाएको छ । छोटो समयमै नेपालको सबैभन्दा सफल ईभीमध्ये एक बनेको छ । यस उपलब्धीले नामीलाई इलेक्ट्रिक ह्याचब्याक सेग्मेन्टको अग्रणीको रूपमा स्थापित गरेको छ । ग्राहकको बढ्दो विश्वास र निष्ठालाई पनि उजागर गरेको छ ।
सार्वजनिक हुँदै गर्दा नामी ०१ बजारलाई चुनौती दिने उद्देश्यले आएको थियो र त्यसले आफ्नो वचन पूरा गरेको छ । यस सेग्मेन्टमै पहिलो पटक फ्रेमलेस डुअर, फ्लस डोर ह्यान्डल, वेलकमिङ र मेमोरी सिट, अटो पार्किङ सुविधा र टेबलटप सहितको ड्रएर जस्ता विशेषताहरू ल्याएर नामी ०१ ले आइडियल ह्याचब्याकको परिभाषा नै नयाँ बनाएको थियो ।
साथै, १२.८” को उन्नत इन्फोटेन्मेन्ट प्रणाली र अत्याधुनिक ड्राइभर असिस्टेन्स फिचरसहित यसले आफ्नो प्राइस रेन्जमा उत्कृष्ट स्टाइल, प्रविधि र प्रदर्शन पेश गरेको थियो। योसँगै नामीले छिटो बजार विस्तार गर्दै नेपालको बहुसंख्यक जनतालाई इलेक्ट्रिक मोबिलिटी सुलभ बनाएको छ ।
नामी ०१ को सफलता केवल अंकमा सीमित छैन । यसले उपयुक्त मूल्यसँग संयोजन गर्दा ग्राहकले नवीनता र गुणस्तरलाई कदर गर्छन् भन्ने समेत देखाएको छ । एक वर्ष बितिसक्दा पनि यसको मूल्य कम्पेटिटिभ छ, किनकि आजको बजारमा थोरै मात्र ईभीहरूले यति किफायती मूल्यमा यति धेरै प्रिमियम सुविधाहरू प्रदान गर्न सक्छन् ।
सो अवसरमा एमएडब्लु वृद्धिका सीईओ प्रशन्न पन्तले नामीसँगको यो एक वर्षको यात्रा ल्लेखनीय रहेको बताए । नामी ०१ को सफलता उत्सव मनाएसँगै ब्रान्डले आफ्नो आगामी रोमाञ्चक योजनाको झलक पनि दिएको छ ।
अर्को ठूलो कदमको रूपमा ‘नामी भिगो’ को घोषणा गरिएको छ। यो नयाँ मोडलले नामी ०१ को सफलतालाई निरन्तरता दिँदै कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा नयाँ सीमा पार गर्ने तयारी गरेको छ ।
Comments are closed.