काठमाडौं । एमएडब्लु वृद्धिले नामीको १ हजार भन्दा बढी गाडी सडकमा पुगेको अवसरमा उत्सव मनाएको छ । नामीलाई नेपालको फास्टेस्ट ग्रोइङ्ग प्रिमियम इभी ह्याचब्याकको रूपमा स्थापित गरेको छ ।
एक कार्यक्रम गरी एलिस रिसेप्सनमा केक काटेर उत्सव मनाइएको छ । एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लु वृद्धि अटोकर्पका निर्देशक पार्थ सिकरिया र एमएडब्लु वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्तसँगै डिलर साझेदार लगायत सहभागी थिए ।
नामी करिब १४ महिना अगाडि सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा आएको हो । यो गाडीले नेपालको ईभी बजारमा भव्य उपस्थिति जनाउँदै पहिलो पटक नाडा अटो शो २०२४ मा ‘शो स्टपर’को रूपमा प्रदर्शित भएको थियो । त्यहीँबाट ग्राहकमा यो निकै लोकप्रिय बन्यो ।
यसमा वेलकमिंग सीट, अटो पार्किंग, फ्रेमलेस डुअर, फ्लश ह्यान्डल जस्ता सेगमेन्ट–फस्र्ट फिचरका साथै लेभल २ एडिएएस, वायरलेस चार्चिङ र भेन्टिलेटेड सीटहरू जस्ता सेगमेन्टमै उत्कृष्ट अत्याधुनिक प्रविधिहरू रहेका छन् । नामीले वास्तविक यात्रामा ३२० किलोमिटर भन्दा बढी रेन्ज दिन सक्ने भएकाले ग्राहकले यसलाई निकै मन पराएका छन् भने यसको डिजाइन, प्रिमियम फिचर र रङका विकल्पको पनि निकै आकर्षक छन् ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले प्रविधि, डिजाइन र उपयोगिताको उत्कृष्ट संयोजन, आफ्नो सेगमेन्टमा उत्कृष्ट फिचर, राम्रो रेन्ज र अपेक्षा गरिएभन्दा बढि अनुभव पनि प्रदान गर्ने भएकाले नामीमा ग्राहकको आकर्षित बनेका छन् ।
बोल्ड डिजाइन, अत्याधुनिक प्रविधि र उच्च गुणस्तरका कारण नामीले नेपालको इभी ह्याचब्याक अनुभवलाई नयाँ परिभाषा दिइरहेको छ । देशमा इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई अघि बढाइरहेको छ ।
Comments are closed.