नेपालमा प्रभुत्व जमाउँदै नामी कार

काठमाडौं । डोङफेङ नामी, बिग ह्याच विद फाइभ–स्टार लक्जरीले नेपालको सडकमा ५ सय भन्दा बढी कारको बिक्रीका साथ उत्कृष्ट माइलस्टोन हासिल गरेको छ । यो उल्लेखनीय उपलब्धिले ईभी बजारमा नामीको बढ्दो प्रभुत्व र नेपालको यातायात क्षेत्रलाई पुनःपरिभाषित गर्ने यसको प्रतिबद्धतालाई जोड दिन्छ ।

परम्परागत कार लन्चभन्दा फरक ढंगबाट नामीले अटोमोटिभ उद्योगमा मौलिक प्रकारको फेसन शो–थीम कार्यक्रम मार्फत डेब्यु गरेको छ । ग्ल्यामर र अत्याधुनिक प्रविधि मिश्रित यो नवीन लन्चले नामीको भाइब्रेन्ट डिजाइन, अत्याधुनिक सुविधाहरू र प्रिमियम प्रदर्शन गरेको छ ।नामीले सो उपलब्धि मनाउँदै गर्दा यस ब्रान्डले एमएडब्लु वृद्धि ईभी कार्निभलको समापन समारोहमा अर्को माइलस्टोन हासिल गरेको छ ।

एक विशेष समारोहमा ५ जना ग्राहकलाई ब्रान्ड–न्यु नामी गाडीको साँचो हस्तान्तरण गरिएको छ । देशभरी पहिले नै ५ सय भन्दा बढी नामी कारहरू गुडिरहेको अवस्थामा यस ब्रान्डले नेपालको ईभी लहरमा आफूलाई अग्रणीको रूपमा स्थापित गरेको छ । नामीले नाडा अटो शोमा ७२० भन्दा बढी बुकिङको रेकर्ड पनि कायम गरेको छ ।

नामीको भविष्यवादी डिजाइन र उन्नत सुविधाबाट सबै क्षेत्रका ग्राहकहरू आकर्षित भएका छन् । यसमा फ्रेमलेस डुअर, मेमोरी सिट, फ्लश डुअर ह्यान्डलहरू र स्लिक फ्ल्याट सर्फेस रहेको छ । गाडीमा लेभल २ एड्याश स्ट्यान्डर्ड सुरक्षा प्रणाली र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल पनि छ । बोल्ड, सेक्सी डिजाइन र जीवन्त रंगहरूको विकल्पको साथ नामी छिट्टै नै शैली र दिगोपन खोज्ने समकालीन चालकको लागि आकर्षक विकल्प बनेको छ ।

नेपालको सडकमा नामी कारको संख्या बढ्दै जाँदा ब्रान्डले देशलाई स्मार्ट, थप स्टाइलिश र दिगो भविष्यतर्फ डोर्याइरहेको छ । नामीको लागि माइलस्टोन मात्र नभई नेपालको ईभी परिदृश्यमा नयाँ युगको सुरुवात पनि हो ।

You might also like

Comments are closed.