पोखरा । पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको अध्यक्षमा नारायण सुवेदी सर्वसम्मत चयन भएका छन् ।
शनिबार सम्पन्न संघको २२ औं साधारणसभा तथा ११ औं अधिवेशनले सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा त्रिलोचन दाहाल, द्वितीय उपाध्यक्ष पोषबहादुर भुजेल, महासचिव चिन्तामणि खरेल, सचिवमा होमविलास सापकोटा र कोषाध्यक्षमा जनकराज सुवेदी चयन भएका छन् ।
त्यस्तै, सदस्यमा विदूर सापकोटा, सन्तोष श्रेष्ठ, ईश्वर रिमाल, दुर्गानाथ लामिछाने, अमृत बराल, निर्मल गौतम र नरेन्द्र आचार्य छन् । नवनिर्वाचित अध्यक्ष सुवेदीले इलेक्ट्रोनिक्स क्षेत्रका समस्या पहिचान गरी ती समस्याको समाधान र व्यवसायिक हकहितका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
Comments are closed.