नारायणी डेभलपमेन्ट बैंकको २६ हजार २५२ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २६ हजार २५२ कित्ता संस्थापक सेयर मंगलबाट बिक्रीमा ल्याएको छ ।

उक्त सेयर खरिद गर्न चाहाने इच्छुक संस्थापक सेयरधनीले मंगलबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

उक्त बिक्रिमा ल्याएको २६ हजार २५२ कित्ता संस्थापन सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

 

 

You might also like

Comments are closed.