चितवन । चितवनस्थित नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिका –१० वाइपास रोडस्थित जिल्ला सहकारी सघंको आधुनिक नवनिर्मित भवनबाट स्थानान्तरण गरी हाकिमचोकस्थित शाखा कार्यालय समेत एकैसाथ सेवा शुभारम्भ गरिएको छ ।
बैंकको २२ औं साधारण सभाले केन्द्रिय कार्यालय स्थानान्तरण गर्ने निर्णय बमोजिम कार्य भएको हो । बैंकले आधुनिक बैंकिङ प्रणालीमा प्रयोग हुने सुविधाको प्रयोग गर्दै आफ्नो कारोबारलाई चुस्त, दुरुस्त र अझ सर्बसुलभ बनाउन कार्यालय स्थानान्तरण गरेको जनाइएको छ ।
वि.सं २०५८ असोज १२ गते देखि बैंकले केन्द्रिय कार्यालय रत्ननगर नगरपालिका १ बकुलहर टाँडीबाट सेवा थालनी गरेको हो । बैंकले चितवन जिल्लालाई आधार बनाएर टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा शाखामा कार्यालय स्थापना गरेर सेवा दिइरहेको छ ।
Comments are closed.