नक्कली शरणार्थी प्रकरणको अनुसन्धान निश्कर्षमा पुगेरै छाड्छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन तथा अनुसन्धान हुने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

बुधबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने काममा संलग्न जोकोही भएपनि नछुट्ने उनले बताए ।

उक्त प्रकरणमा अनुसन्धानका लागि थप व्यक्तिहरुलाई नियन्त्रण लिइएको पनि उनले बताएका छन् । बुधबार मात्रै काँग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकिय सचिव उक्त प्रकरणमा पक्राउ परेका छन् ।

खाँणलाई थप अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिइसकेको छ ।

You might also like

Comments are closed.