काठमाडौं । नरपानी देवनगर बचत तथा ऋण सहकारी संस्था लि.ले खरिबोटमा पनि आफ्नो सेवा केन्द्र स्थापना गरेको छ । बनस्थलीस्थित नरपानी देवनगर बचत तथा ऋण सहकारीले बुधबारबाट खरिबोटमा देवनगर सेवा केन्द्रको शुभारम्भ गरेको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले केन्द्रको उद्घाटन गरे । नरपानी देवनगर साकोस सहकारीको मूल्य र सिद्धान्तलाई आत्मसाथ गर्दै सदस्य सम्बन्ध, कारोबारका साथै सुशासित र सबल साकोस निर्माणको अभियानमा अगाडि बढ्दै जानेछ भन्ने विश्वास उनले व्यक्त गरेका छन् ।
साकोसका अध्यक्ष अशोक लोहनी र व्यवस्थापक संजिव वाग्लेले सदस्यहरुलाई नजिकबाट सेवा प्रवाह गर्ने उद्देश्यसहित खरिबोटमा सेवा केन्द्र शुभारम्भ गरिएको बताए सेवाकेन्द्र शुभारम्भसँगै सञ्चालक समिति, उपसमिति र सदस्यहरुले नियमित बचतको सुरुवात समेत गरिसकेका छन् ।
नरपानी र देवनगर दुई साकोस एकीकरण गरी २०७८ कार्तिक ७ गतेबाट सहकारीले संयुक्त कारोबार गरेको हो । हाल काठमाडौं महानगरपालिकाको १५, १६, २९, ३०, ३१ र ३२ वडा साथै नागर्जुन नगरपालिभर कार्यक्षेत्र रहेको साकोसमा ३ हजार सदस्य छन् ।
२ करोड २५ लाख सेयर पुँजी रहेको साकोसको कुल वासलात १५ करोडको छ ।
Comments are closed.