काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिस कम्पनीज (NAS-IT) को अध्यक्षमा रिचन श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न पहिलो वार्षिक साधारण सभाले उनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा सन्तोष कोइराला, महासचिव दीपेन चापागाईं, कोषाध्यक्षमा अभया पौडेल निर्वाचित भएका छन् ।
कार्यकारिणी सदस्यमा अलिशा श्रेष्ठ, गौरव पाण्डे, कैलाशराज विजयानन्द, नारायण कोइराला, प्रार्थना साखः निर्वाचित भएका छन् ।
सफ्टवयर तथा आइटी क्षेत्रमा सक्रिय कम्पनीहरु संस्थामा आबद्ध छन् । ‘सूचना तथा प्रविधिको विकासमा हाम्रो संस्थामा आबद्ध कम्पनीहरुको योगदान महत्वपर्ण छ,’ नवनिर्वाचित अध्यक्ष श्रेष्ठले भने, ‘संस्थामार्फत यो क्षेत्रको समग्र विकासमा अझै सक्रियताका साथ काम गर्नेछौं ।’
Comments are closed.