काठमाडौं । नेपालका प्रतिनिधित्व गर्दै एपिक्टा अवार्ड्स २०२४ ब्रुनेईमा भाग लिन नेपाली तिनिधिमण्डल हिजो ब्रुनेई प्रस्थान गरेको छ । डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा, नामी भ्ख्ले प्रायोजन गरेको नास–आईटी अवार्ड्स २०२४ बाट छनोट भएका चार उत्कृष्ट आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दैछन् ।
यस एपिक्टा अवार्ड्स २०२४मा ३ नेपाली निर्णायकले पनि अन्तर्राष्ट्रिय निर्णायक प्यानलमा सहभागी भएर आफ्नो विशेषज्ञता प्रदान गर्नेछन् । यो अवार्ड्स नेपाली आईसीटी क्षेत्रको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने एक महत्वपूर्ण अवसर हो ।
एपिक्टा अवार्ड्स एशिया–प्यासिफिक क्षेत्रभरिका प्राविधिक उत्कृष्ट र नवाचारलाई सम्मान गर्ने एक विश्वव्यापी मान्यता प्राप्त मञ्च हो । यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनी बीच प्रतिस्पर्धा हुनेछ ।
आई.एम.एस पी.ओ.एस म्यानेजमेन्ट (आई.एम.एस सफ्टवेयर प्रालि), श्रेणीः फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक), इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्रालि), श्रेणीः सेकुरिटी सोल्युसन्स, ईकागजपत्र (ईकागजपत्र प्रालि), श्रेणीः प्रफेशनल सर्भिसेज सोल्युसन्स, एल.एम.सी एलर्ट (अलपास टेक्नोलोजी प्रालि), श्रेणीः गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने कम्पनीहरू रहेका छन् ।
नास–आईटीले विमानस्थलमा सहभागी कम्पनी र निर्णायकलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेको छ । एपिक्टा अवार्ड्समा प्रतिनिधित्व यो महत्वपूर्ण क्षणले नेपालका आईटी सेक्टरको प्राविधिकको समर्पण र विशेषज्ञता साथै नेपाललाई विश्वव्यापी आईटी हबको रूपमा स्थापित गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
Comments are closed.