नासा फाउन्डेशन नेपालको आयोजनामा सडक सुरक्षासम्बन्धी अन्तरक्रिया

काठमाडौं । नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको वार्षिक बैठक तथा सडक सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार  काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालका सरकारी, पेशागत, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, सांसदहरु, अभियानकर्मीहरु तथा विज्ञहरुको सहभागिता थियो । नेशनल एलायन्सका संयोजक योगेश भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नासा फाउण्डेशनका डा. पुष्पराज पन्तले “सडक सुरक्षाका लागी राष्ट्रिय र अन्तरराष्ट्रिय परिदृश्यमा स्वास्थ्यको अधिकार र सरकारी दायित्व” विषयमा प्रस्तुतीकरण गरेका थिए भने अन्तरराष्ट्रिय अटोमोबाइल फेडरेसन एफ.आइ.ए. का गोविन्द भट्टराईले “सुरक्षित सडक तथा दीगो यातायात (सेफ रोड एण्ड सस्टेनेबल ट्रान्सपोर्टेशन) मा पेशागत र नागरीक संलग्नता” विषयक कार्यपत्र पेश गरेका थिए ।

उक्त कार्यपत्रमा विभिन्न वक्ताहरुले आआफनो धारणा राखेका थिए ।नाडाका उपाध्यक्ष तथा सिप्रदी ट्रेडिङका सिइओ. राजन श्रेष्ठ, प्रा.डा. बुलन्द थापा, राष्ट्रिय अपांग महासंघका देबु पराजुली, तथा नेपाल इन्जिनियर्स एशोसिएसनका रविभूषण झाले राज्यको दायित्वबारे आआफनो धारणा राखे ।

त्यसैगरी, विश्व स्वास्थ्य संगठनका तर्फबाट सुनील पोख्रेल, इन्टरमोडल ट्रान्सपोर्ट डेभलोप्मेन्ट बोर्डका कार्यकारी निर्देशक आशिष गजुरेलले सडक दुर्घटना न्यूनीकरणका लागी संचालित कार्यक्रमहरु अपर्याप्त रहेको र समस्याको परिमाण अनुरुप त्यसको सम्बोधनका लागी सरकारी र नेशनल एलायन्स एवम् विज्ञहरुको साझा प्रयास जरुरी रहेको धारणा व्यक्त गरे ।

उक्त अवसरमा सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले यस प्रकारको अभियानलाई प्रदेशस्तरमा विस्तार गर्न जरुरी रहेको बताए भने संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले छलफलका निश्कर्षको संसदको आगामी योजना तथा कार्यक्रमहरुको प्राथमिकताका लागी सहयोगी हुने बताए ।

कार्यक्रमका अध्यक्ष तथा नेशनल एलायन्सका संयोजक योगेश भट्टराईले पेशागत, नारीक समूह एवम् विज्ञहरुबाट आएका सुझावहरु संसद र सरकारको लागी मार्गदर्शन बन्ने भन्दै अन्तरकृयाबाट प्राप्त सुझावलाई सम्बन्धित मन्त्रालय र सरकारी निकायमा पु¥याउने बताउँदै अधिकारसम्पन्न राष्ट्रिय सडक सुरक्षा परिषदको स्थापन त्यसतर्फको पहिलो खुट्किलो हुनेछ भन्ने विश्वास दिलाए ।

कार्यक्रममा पूर्व सांसद डा. दीपक प्रकाश भट्ट, संचारिका समूहका उर्वसी बस्न्यात, हिसानका उपाध्यक्ष रामहरी सिलवाल, नेपाल नेत्रज्योती संघका अध्यक्ष डा. चेतराज पन्त, काठमाडौं मेडिकल कलेजका प्राध्यापक डा. सुनीलकुमार जोशी, सामुदायक रेडियो प्रशारक संघका महासचिव किशोरजंग थापा, त्रिभुवन विश्वविद्यालयका जनसंख्या अध्ययन विभाग प्रमुख डा. योगेन्द्र गुरुङ र नासा फाउण्डेसनका संयोजक भगबती सेढाईंले आआफना विचार व्यक्त गरेका थिए ।

उक्त बैठकले प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको संयोजकत्वमा ३१ सदस्यीय नेशनल एलायन्स गठन गरेको छ भने सो एलायन्स अन्तरगत डा. रोहित कुमार पोख्रले, इ. रवीभूषण झा, उमेश ढकाल, ऋतु भट्ट, तारालाल श्रेष्ठ, दिनेश पाण्डे, रुजा पोखरेल र गोविन्द भट्टराई रहेको एक कार्य-समूह पनि गठन गर्दै यसको सचिवालय नासा फाउण्डेसन नेपालले गर्ने निर्णय गरेको छ ।

नेशनल एलायन्सको कार्यविधि, सदस्यता शुल्क, लक्ष्य तथा उद्देश्यहरु पारित गरेको छ भने बैठकले विभिन्न निर्णयहरु गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य सबै सरकारी निकायहरुमा सुझावहरु पेश गर्ने निर्णय पनि गरेको छ ।

 

You might also like

Comments are closed.