चितवनका अटोमोबाइल व्यवसायी मोटरसाइकल यात्रामा निस्कदै

चितवन । अटोमोबाइल क्षेत्रमा आबद्ध चितवनका व्यवसायीले मोटरसाइकल यात्रा गर्ने भएका छन् । फागु पूर्णिमाको अवसरमा अटोमोबाइल व्यवसायीले पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रामार्फत अवलोकन गर्ने कार्यक्रम आयोजना गरेका छन् ।

हिमालयन राइडर्सको व्यवस्थापनमा “Ride To Himalayas” भन्ने नारासहित हिमाली जिल्ला मनाङ, लमजुङको राइनासकोट, गोरखाको लिगलिगकोट लगायतका पर्यटकीय क्षेत्रमा अवलोकन गर्ने जानकारी प्राप्त भएको छ । फागुन २८ देखि चैत २ गतेसम्म पर्यटकीय क्षेत्रमा मोटरसाइकल यात्रामार्फत अवलोकन गर्ने कार्यक्रमको तयारी भइरहेको छ । यही फागुन २८ गते विहान ७ वजे नारायणघाटको शुभ पेट्रोलपम्प लायन्सचोकबाट अवलोकन टोलीले आफ्नो यात्रा प्रस्थान गर्नेछ ।

नेपाल अटोमोबाईल्स एशोसिएसन सहयोगी संस्थाको रुपमा रहेको छ भने, अटो नेपाल (अटोमोबाईल पत्रिका) मिडिया पाट्नर, टेक्निकल पाट्नरमा लक्की मोटरसाईकल रहेको छ । अन्य सहयोगीहरुमा मोटुल लुब्रिकेन्ट्स, केपीआई हेलमेट, एसएनएस हेलमेट, डीएस अटो पाट्र्स भेगा हेलमेट, भीएसके पाट्र्स, डल्फिन अटोमोटिभ, लिभफास्ट ब्याट्री, सुप्रिम ट्रेडिंग, रोयल एनफिल्ड रहेका छन् ।

You might also like

Comments are closed.

Skip1