काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालले मोटरस्पोर्टमा सहकार्यका लागि आह्वान गरेको छ । साहसिक खेलकुद÷इभेन्ट जस्ता संवेशदनशील खेलमा हुने कुनैपनि गैरजिम्मेवार कार्य हुन नदिन नासा नेपालले मोटरस्पोर्टका लागि सहकार्य गर्न अनुरोध गरेको हो ।
नासाले एक विज्ञप्ती जारी गर्दै मोटर र मोटरसाइकल स्पोट्र्स, रेसिङ्, ¥यालिङ्ग तथा टुरिङ्ग, कार्टस् तथा पावरबोट र सिम रेसिङ् जस्ता खेलकुद/इभेन्ट गर्न चाहने सम्पूर्णलाई खेलकुद ऐन र प्रक्रिया अन्तर्गत रहेर यस संघ, आधिकारिक प्रादेशिक अटोमोवाइल एसोसिएसन र सम्बन्धि खेलकुदका सरकारी निकायमार्पmत आबद्धता र स्वीकृति गराउनु हामी सबैको हितमा हुने विषय मात्र नभई विद्यमान कानुनी र प्रचलित व्यवस्था रहेकाले सहकार्य गर्न आह्वान गरेको जनाइएको छ ।
अन्यथा यस क्षेत्रका खेलाडी र प्राविधिकको पेशागत विकास, पद्धती र प्रक्रिया तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय मूल्य र मान्यता विपरित हुने कुनै पनि कार्यको विरुद्धमा कानुनी उपचार खोज्न यस संघ बाध्य हुनेछ, जसबाट हुने हानि–नोक्सानी तथा सार्वजनिक घाटाको लागी ती स्वयम् जिम्मेवार हुनेछन् भनी नासा नेपालका अध्यक्ष दशरथ रिसालद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । नेपालको मोटर, मोटरसाइकल, पावरबोटिङ्ग, कार्टस्, सीम रेसिङ् तथा ड्रोन लगायतका स्पोट्र्स, अटोमोबाइल, मोबिलिटी, ड्राइभ टुरिजम, टू–व्हील टुरिङ र रोड सेफ्टीको क्षेत्रमा समेत क्रियाशील राष्ट्रिय संघ नासा नेपाल हो ।
खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुसार राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय संघको रुपमा दर्ता भई खेलकुद र अटोमोबाइलका विश्वव्यापी महासंघहरु अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआइए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआइएम), अन्तर्राष्ट्रिय टुरिजम एलायन्स (एआइटी) तथा अन्तर्राष्ट्रिय पावरबोटिङ्ग युनियन (युआइएम) को नेपाल अथोरिटीको रुपमा रहेको यो संघ ग्लोबल एलायन्स अफ एनजिओ फर रोड सेफ्टी, नेपाल चेम्बर अफ कमर्श, नेपाल–फ्रान्स चेम्बर अफ कमर्श तथा नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोविलिटी जस्ता क्षेत्रमा समेत आवद्ध रहेको छ ।
Comments are closed.