काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले खेलाडी र राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त पदाधिकारीलाई सम्मान गरेको छ । नेपालको प्रतिनिधित्व गर्दै मोटर स्पोर्टस प्रतिस्पर्धामा सहभागी खेलाडी तथा पदाधिकारीलाई नासाले सम्मान गरेको हो ।
नेपालले सन् २०२४ मा स्पेनमा आयोजित वल्र्ड मोटर स्पोर्टस गेम्समा सहभागिता जनाएको ऐतिहासिक उपलब्धिलाई विशेष रूपमा सम्मान गरिएको नासा नेपालका उपाध्यक्ष अनिलकुमार बरालले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्य र सदस्यहरु सुवर्णकेशरी श्रेष्ठ, रञ्जना प्रधान श्रेष्ठ, नन्दा बस्याल, रामचन्द्र श्रेष्ठ, हिमालकुमार श्रेष्ठ र जगत धामी, अन्तर्राष्ट्रिय मोटर स्पोर्टस प्रतिस्पर्धामा नेपाललाई प्रतिनिधित्व गरेका खेलाडीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सांसद, एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई र नासा नेपालका अध्यक्ष दशरथ रिसालले स्वागत तथा सम्मान गरेको नासाले जनाएको छ ।
नेपाली परिदृश्यमा साहसिक र पर्यटकीय खेलकुद विषयमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य गोविन्द भट्टराई र नासा नेपालको प्रस्तावित कार्यक्रम सम्बन्धमा उपाध्यक्ष अनिलकुमार बरालले सहजिकरण गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् उच्च पदाधिकारी तथा खेलकुद एवं मोटर स्पोर्टस क्षेत्रका प्रतिष्ठित व्यक्तित्व लगायत सहभागी कार्यक्रममा नासा नेपालका सचिव दिप्रश शाक्यले आफ्नो ¥याली सवारी संस्थालाई हस्तान्तरण गरेका छन् ।
Comments are closed.