काठमाडौं । एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस फोरममा सहभागी हुन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सचिव महेश अधिकारी आज जापान प्रस्थान गरेका छन् ।
संघका टुरिजम तथा आउटरिच कोअर्डिनेटर कमला क्षेत्रीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिदाइ गरे । अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) रिजन दुईको आयोजनामा हुन लागेको फोरममा दुई महादेशका अटोमोबाइल क्षेत्रका व्यवसायी, विज्ञ तथा प्रोफेसनल गरी करिब तीन दर्जन प्रतिनिधिको सहभागिता रहनेछ ।
फोरममा विश्व अटोमोबाइल क्षेत्रका नवीनतम् प्रगति र परिवर्तन, संघहरूको व्यवस्थित र व्यावसायिक कार्ययोजना, मर्चेन्डाइज तथा व्यवसायिक साझेदारी, प्लान एण्ड प्रायोरिटी सेटिङ, आइडियाज एण्ड बिजनेस प्लानिङ, एकेडेमिक तथा स्किल एड्भान्समेन्ट र अन्तर्राष्ट्रिय अनुभव सेरिङ्ग आदिबारे विस्तृत छलफल हुनेछ ।
कार्यक्रममा एफआईएका सिनेट चेयर कार्मेलो सान्ज दे बारोस, एफआईए र रिजन–२ का उच्च अधिकारी तथा अष्ट्रेलिया र जापानका विज्ञहरूले समेत आफ्ना विषयगत प्रस्तुति दिनेछन् । फोरमका सहभागी प्रतिनिधिहरूले जापान अटोमोबाइल फेडेरेसन (जाफ) नजिकै रहेको टोकियो ट्राफिक कन्ट्रोल सेन्टर र टोकियो इमर्जेन्सी रोडसाइड असिस्टेन्स बेस भ्रमण गरि अध्ययन गर्नेछन् ।

जापान अटोमोबाइल फेडेरेसन सम्पुर्ण जापानको अटोमोवाइल/ट्रन्पोर्स व्यवस्थापन र रोडसाइड सर्भिसको आधिकारिक संस्था हो, जसले नेपाली लाइसेन्सको जापानमा अस्थायी प्रमाणिकरण समेत गर्ने गर्दछ ।
मोटरिङ एकेडेमीका संयोजक समेत रहेका ईञ्जिनियर अधिकारीले भोलिदेखि तीन दिन चल्ने कार्यक्रममा फ्लाइ टु नेपाल, ड्राइभ इन नेपाल कार्यक्रम र नासा नेपालका बिजनेस पार्टनरसिप तथा कोलाबोरेसनका सम्भावनाबारे छलफल गर्नेछन् ।




Comments are closed.