सार्वजनिक भयो कक्षा १२ को ग्रेड वृद्धि परीक्षा तालिका (सूचनासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ। बोर्डले जारी गरेको सूचना अनुसार २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुनेछ।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने नम्बरमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने नियमहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने छ ।

परीक्षामा सहभागी हुनअसोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बुझाउनु पर्नेछ।शुल्क ६०० रुपैयाँ तोकिएको छ।यो अवधिमा शुल्क बुझाउन नभ्याएका विद्यार्थीले १४ गतेसम्म दोब्बर दस्तुर तिरेर शुल्क बुझाउन सक्नेछन्।

असोज २५ गतेभित्र जम्मा गरेको शुल्कको भौचरसहित आवेदन फारम बुझाउनुपर्ने बोर्डको सूचनामा उल्लेख गरिएको छ । बोर्डका अनुसार २०७९ सालको जेठ महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिको ग्रेड प्राप्त गरी बाँकी दुई विषमा एनजी प्राप्त गर्न वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीहरुका लागि दुई विषयसम्म ग्रेड वृद्धि परीक्षामा सहभागी हनु पाउन गरी परीक्षा सञ्चालन हुन लागेको हो ।

You might also like

Comments are closed.