सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्ता स्थगित

काठमाडौं। सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा बुधबारदेखि एक साताका लागि स्थगित हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको छ ।

स्थानीय तहको निर्वाचन कार्यमा कार्यालयका कर्मचारी खटिने भएकाले राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

स्थानीय तहको निर्वाचनको मतदान ३० गते हुन गइरहेकोले सरकारले  सरकारी कर्मचारीहरुलाई धेरै जसो निर्वाचको काममा खटाएको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...