भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा नेशनल लाईफ र एनएलजी इन्स्योरेन्सको सहयोग

काठमाडौं । भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक सहयोग गरेको छ ।

मंगलबार नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको रु १ करोड र एनएलजी इन्स्योरेन्स कम्पनीको रु २५ लाख रकम सहयोग प्राप्त भएको छ ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सो चेक रकम अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

कोषमा आज प्राप्त चेक रकमसहित जम्मा रु ७ करोड ५१ लाख ६० हजार ४३९ रकम सङ्कलन भएको छ ।

 

You might also like

Comments are closed.