नेशनल माइक्रोफाइनान्सको खुद मुनाफा १६ करोड १६ लाख

काठमाडौं । नेशनल माइक्रोफाइनान्स् लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा १६ करोड १६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा ३४.३१ प्रतिशतले घट्न पुगेको हो। गत आवको यसै अवधिसम्म संस्थाले २४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफा घटेका कारण नाफा प्रभावित बन्न पुगेको हो ।

समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी २७.२५ प्रतिशत घटेर ३२ करोड ३० लाख रुपैयाँमा कायम भएको छ भने संचालन मुनाफा ३४.३१ प्रतिशतले घटेर २३ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ। गत आवको यसै अवधिसम्ममा संस्थाले खुद ब्याज आम्दानीमार्फत ४४ करोड ४० लाख रुपैयाँ कमाएको थियो भने संचालन नाफा समेत ३५ करोड १५ लाख रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्म संस्थाको चुक्तापुँजी ५८ करोड ६६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषको आकार १०.२४ प्रतिशतले घटेर कोषमा ४० करोड ६४ लाख रुपैयाँ संचित रहेको छ। साथै संस्थाको प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ५७ पैसा र प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ।

You might also like

Comments are closed.