सहायक क्याम्पस प्रमुख झामाथि भएको आक्रमणप्रति नेशनल प्याब्सनको घोर भर्त्र्सना

काठमाडौं ।  नेशनल प्याब्सन केन्द्रीय समितिका पूर्व केन्द्रीय समिति सदस्य तथा पव्लिक युथ क्याम्पस, धनुषा जिल्ला, जनकपुरधाम उप-महानगरपालिका वडा नं. ४ अन्तर्गत रहेको सहायक क्याम्पस प्रमुख भूप नारायण झा आफ्नै कार्यकक्षमा कार्यरत रहेको अवस्थामा गत साउन १७ गते परीक्षा सञ्चालन भईरहेको अवस्थामा भएको सांघतिक आक्रमणको नेशनल प्याब्सनले घोर भर्त्र्सना गरेको छ ।

नेसनल प्याब्सन, केन्द्रीय समितिका अध्यक्ष पाण्डव हमालले आज विज्ञप्ति जारी गदै उक्त घटनाको भर्त्र्सना गर्दै सूक्ष्म अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाई दोषि उपर कडा कार्यवाही गर्न समेत सरकारसँग जोडदार माग गरेका छन् ।

यस प्रकारको घटनाले क्याम्पसमा परीक्षा दिइरहेका विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अन्य सम्बद्ध पक्ष आतंकित बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै, केन्द्रीय समितिका पूर्व सदस्य तथा पव्लिक युथ कलेजका सहायक प्रिन्सिपल अत्यन्तै जिम्मेवार, विनयशील, मृदुभाषि, मिलनसार तथा कर्मठ शिक्षासेवी झा माथिको सुनियोजित तथा शंकास्पद हमलाले शिक्षा क्षेत्रमा विभिन्न शंका तथा उपशंकाहरु उब्जाएको प्याब्सनले जनाएको छ ।

प्याब्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘यस प्रकारको सांघातिक आक्रमणले क्याम्पसमा परीक्षा दिइरहेका विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अन्य सम्बद्ध पक्ष आतंकित बनेको छ । विद्यालय जस्तो सम्बेदनशील तथा शान्ति क्षेत्र घोषित स्थानमा दिनडहाडै कार्यकक्षमा कार्यरत जिम्मेवार पदाधिकारीमाथि गरिएको सांघातिक हमलाले नेसनल प्याव्सन केन्द्रीय समिति तथा सम्पूर्ण नेसनल प्याव्सन सदस्य लगायत मूलुकको शिक्षा क्षेत्र स्तब्ध भएको छ । विद्यालय जस्तो सम्बेदनशील तथा शान्ति क्षेत्र घोषित स्थानमा दिनडहाडै कार्यकक्षमा कार्यरत जिम्मेवार पदाधिकारीमाथि गरिएको सांघातिक हमलाले नेसनल प्याव्सन केन्द्रीय समिति तथा सम्पूर्ण नेसनल प्याव्सन सदस्य लगायत मूलुकको शिक्षा क्षेत्र स्तब्ध भएको छ ।’

नेसनल प्याब्सनको केन्द्रीय भूमिकामा रहेका झा माथि अप्रत्याशित र अकल्पनिय आक्रमणले सिङ्गो नेसनल प्याव्सनलाई मर्माहत भएको भएको जनाएको छ ।

 

You might also like

Comments are closed.