नेचुरल बचत तथा ऋण सहकारीको समिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक बर्ष २०७८/०७९ समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम  साउन १४ गते शनिबार मुलपानीमा सम्पन्न भएको थियो ।त्यस्तै, कार्यक्रमा आर्थिक बर्ष २०७९/०८० को निति,कार्यक्रम एवं योजना तर्जुमा कार्यक्रम समेत गरेको छ ।

उक्त कार्यक्रमा संस्थाका संचालक समिति, लेखा समिति, सल्लाहकार तथा संस्थाका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।यस संस्थाले १२ बर्षदेखि सदस्यहरुलाई उच्च स्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

MANASLU

नेचुरल बचत तथा ऋण सहकारीका काठमाडौँ उपत्यका आसपासका ४ शाखा कार्यालय रहेका छन् । यस सहकारीमा ८०ं भन्दा बढी टिम सदस्यहरु रहेका छन् ।

 

You might also like

Comments are closed.