प्रविधिमा अग्रणी बन्दै नेचुरल सहकारी, इ–टेलर, इ–पेमेन्ट र फोन–पे इटेलर सेवा थप

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्था प्रविधिमा अग्रणी बनेको छ । संस्थाले शुक्रबार एकैदिन ३ वटा नयाँ सुविधा थप गरेको छ । ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरको सन्दर्भमा संस्थाले इ–टेलर, इ–पेमेन्ट र फोन–पे इटेलर सेवा सञ्चालनमा ल्याएको छ ।

संस्थालाई थप प्रविधिमैत्री बनाउने क्रममा यी सुविधा थप गरिएको कार्यकारी प्रमुख विकल्प पाठकले जानकारी दिए । सहकारीका सदस्यहरुले नेचुरल मोबाइल एपको प्रयोग गरी यी सुविधाहरु लिन सक्नेछन् । इ–टेलर सुविधा अन्तर्गत क्यास काउण्टरमा राखिएको क्यूआर कोड स्क्यान गरी रकम झिक्नका लागि अनुरोध गर्न सकिनेछ । सदस्यले गरेको अनुरोधका आधारमा चेक बिना नै सदस्यले माग गरेको रकम प्राप्त गर्न सक्नेछन् ।

इ–पेमेन्ट सेवाका लागि शुरुमा एउटा फारम भरेर पिन कोड लिनुपर्ने हुन्छ । पिन कोड प्राप्त भएपछि सो को प्रयोग गरेर घरमै बसेर रकम ट्रान्सफर गर्न सकिनेछ पाठकले जानकारी दिए । पिन कोड कै आधारमा सदस्यले भुक्तानी दिन चाहेको व्यक्ति संस्थाको काउण्टरमा गई रकम भुक्तानी लिन समेत सक्छन् ।

jutta mela

फोन–पे इ–टेलर सुविधामार्फत सदस्यहरुले कुनैपनि बैंक तथा वित्तीय संस्थामा भएको पैसा नेचुरल सहकारीमार्फत झिक्न सक्नेछन् । यो सुविधा गैर सदस्यहरुलाई पनि उपलब्ध गराएको संस्थाले जनाएको छ । यो सुविधा निःशुल्क उपलब्ध गराएको पाठकले बताए ।

‘सदस्यको कुनै बैंक खातामा पैसा छ भने उसले फोन–पे मार्फत स्क्यान गरेर नेचुरलको काउण्टरबाटै पैसा झिक्न सक्छ । बैंकको शाखा खोज्दै हिँड्नु पर्दैन, उक्त एपको प्रयोग गरी सहज रुपमा रकम निकाल्न सकिन्छ’ उनले भने । संस्थाले इ–सेवा र फोन–पेसँग सम्झौता गरेर ती सेवा सञ्चालनमा ल्याएको हो । संस्थाले ती सुविधाहरुको प्रयोगको विषयमा आफ्ना बजार प्रतिनिधिहरुमार्फत सिकाउँदै आएको छ । संस्थाले छुट्टै आइटी डिपार्ट नै खडा गरेको छ ।

संस्थामा ५० भन्दा बढि बजार प्रतिनिधि कार्यरत छन् र उनीहरुमार्फत सम्पूर्ण सदस्यहरुलाई मोबाइल एप डाउनलोड गरी चेकलेस र क्यासलेस पेमन्टका बारेमा सिकाउँदै आएको उनले जानकारी दिए । संस्थाले नयाँ प्रविधिहरुलाई आत्मसात गर्दै अगाडि बढेको र कोभिड १९ पछि नयाँ नयाँ प्रविधिको प्रयोगले झनै तीब्रता पाएको पाठकले बताए । ‘पैसाबाट पनि विभिन्न रोगका भाइरसहरु फैलिन सक्ने हुँदा सबैले प्रविधिलाई आत्मसात गर्नु अनिवार्य हुन गएको पाठकको बुझाई छ,’ उनले भने ।

You might also like

Comments are closed.