नेचर सुपर मार्केटले ल्यायो तीज विशेष अफर

काठमाडौं । नेचर सुपर मार्केटले तीज विशेष अफर ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले ५ सय देखि ९ सय ९९ रुपैयाँ, १ हजार देखि १ हजार ४ सय ९९ रुपैयाँ र १ हजार ५ सय वा सोभन्दा बढिको सामान खरिदमा विभिन्न प्रकारका पोते उपहार प्राप्त गर्ने छन् ।

यो योजना भदौ १ देखि २० गतेसम्म लागू हुने अध्यक्ष जनक धामीले जानकारी दिए। चिनी, नुन तथा ग्यासको खरिदमा भने लागू हुनेछैन ।

नेचर सुपरमार्केटको मुख्य शाखा काठमाडौंको मैतिदेवीमा र अन्य शाखाहरू नरेफाट, बालकोट र मध्य बानेश्वरमा छन् । सबै शाखामा यो योजना लागु हुनेछ । साथै सामान डेलिभरी निःशुल्क रहेको सुपर मार्केटले जनाएकाे छ ।

You might also like

Comments are closed.