lcci festival

नेपाल बैंकले शुरु गर्यो ‘टप अप गरौं बोनस पाऔं’ अभियान

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकलाई लक्षित गरी बैंकको सेवा प्रदायक F1 Soft International Pvt.Ltd  को सहकार्यमा ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको ‘टप अप गरौं बोनस पाऔं ‘अभियान सञ्चालन गरेको छ । अभियान पुष महिनाभरी चल्नेछ ।

अभियान अवधिभर रु. २००/– वा सो भन्दा माथिको रकम NBL Mobile Banking App मार्फत Top up गर्ने ८० जनालाई रु. १००/– का दरले बोनस प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैंकले जनाएको छ । यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।

हाल नेपालभर २३१ शखा, २३७ एटिएमका साथै ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा पु¥याईरहेको छ ।

हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि बैंकको रुपमा अघि बढिरहेको छ । करिब १० लाख ग्राहकले डिजिटल प्रविधि मार्फत बैकिङ सेवा लिई लाभान्वित हुँदै आइरहेका छन् ।

You might also like

Comments are closed.