काठमाडौं । नेपाल बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र ग्राहकलाई हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका देशभरका शाखाबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान सम्बन्धी सम्झौता गरिएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबाट हुन्डाई ब्राण्डका विभिन्न मोडलका गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप रु. ५० हजारदेखि ८१ हजारसम्म छुट हुने व्यवस्था छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको तर्फबाट महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरेका छन् ।
Comments are closed.