राष्ट्रिय सहकारी बैंकद्वारा सहकारी तालिम आयोजना

पोखरा । राष्ट्रिय सहकारी बैंकद्वारा पोखरा र लेखनाथ शाखाका सहकारीका संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमूखहरुलाई तालिम प्रदान गरेको छ । तालिममार्फत २ दिनसम्म सहकारी प्रशिक्षण चलेको बैंकले जनाएको छ ।

सहकारी ज्ञान, पदीय जिम्मेबारी, सहकारी आवश्यकता, समस्या पहिचान समाधान, प्रविधि, ऐन नियम सम्बन्धमा जानकारी दिने उद्देश्यले गएको वर्षदेखि देशैभर तालिम तथा प्रशिक्षण आयोजना भइरहेको बैंकका गण्डकी प्रदेश प्रमुख नरेश पाण्डेले जानकारी दिए ।

प्रशिक्षणमा सहकारी सिद्घान्त अध्यक्ष र व्यवस्थापन प्रमूखको भूमिका, सम्बन्धमा सहकारी प्रशिक्षक सुदिप ढकाल र सकारीमा बचतको अवधारण महत्व, सहकारी सञ्चालन विधि पद्धति बारेमा तालिम अधिकृत नव कुमार अधिकारीले सहजीकरण गरेका थिए ।

बैंक सञ्चालक समिति सदस्य एवं गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारीमा सदस्य रहेका १६ हजार तीन सय छ सहकारी मध्ये जिल्लागत रुपमा बैंक कार्य मुल्याङ्कन आधारमा छनौट भएका संस्थाका जिम्मेवारीमा रहेका व्यक्तिहरुको क्षमता बृद्घिसँगै संस्थागत विकासमा योगदान दिई ऐन नियमलाई पालना गरी परिणाम दिने सहकारी निर्माणको लागि देशैभर तालिम आयोजना गरिएको बताए ।

बैंकका लेखा समिति सदस्य चन्द्रा पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा, शाखा समन्वय समिति पूर्व सञ्चालक सदस्य सुशील केसी, कास्की मेनेर्जस क्लबका अध्यक्ष मोहन अधिकारी, सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर थापा, संगम सहकारीका व्यवस्थापक बृहस्पति अधिकारी, पिपल्स बचत सहकारीका व्यवस्थापक महेश पोख्रेल, पश्चिमाञ्चल स्वास्थ्य सहकारीका व्यवस्थापक उषा गैरे सुवेदी, बचत संघका पूर्व उपाध्यक्ष संगिता तिमिल्सिना, समग्र महिला सहकारीका अध्यक्ष कल्पना भण्डारी, पोखरा शाखा प्रमुख रुक्मत श्रेष्ठ, लेखानाथ शाखा प्रमूख पूर्णिमा पाठक लगायतले विभिन्न विषयमा भनाई राखेका थिए ।

कार्यक्रम २ चरणमा सञ्चालन भएको थियो । प्रशिक्षणमा ४५ सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमूखहरुको सहभागिता थियो । कास्कीमा ४८२ सहकारी संस्था बैंकको सदस्य छन् ।

You might also like

Comments are closed.