काठमाडौं । काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’ मा भएको आगजनी, तोडफोड, चोरीका सम्बन्धमा प्रहरीमा उजुरी दिइएको छ ।
सोमबार एनसेलले सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र चोरी सम्बन्धमा जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएको छ । गत भदौ २४ गते जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समुहले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र चोरीको घटना भएको छ ।
उजुरीमा घटनासँग संलग्न अपराधीलाई पक्राउ गरी कानूनी कारबाहीको माग राख्दै चोरेर लगिएका सामान फिर्ता दिन, सामानको उचित क्षतिपुर्ति समेत दिलाई भराई पाऊँ भनी उल्लेख गरिएको छ । उजुरीको साथमा क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै घटनाको क्रममा कैद भएका सम्पूर्ण सिसिटिभि फुटेज पनि अनुसन्धानलाई सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
तोडफोड, आगजनी, चोरी भएका सामानको विवरण सङ्कलन कार्य भइरहेकाले अनुसन्धानको सिलसिलामा सोको थप विवरण उपलब्ध गराउने जानकारी उजुरीमा खुलाइएको छ ।
Comments are closed.