एनसेलको बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी सेवा प्रभावित

 

काठमाडौं । एनसेल आजियाटा लि.को बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिदा समस्या भएकाे छ।

सडक विस्तारका क्रममा आज उक्त सेवा अवरुद्ध भएको एनसेलले जनाएको छ । मर्मतसम्भारका लागि कम्पनीको टोली फिल्डमा खटिसकेको बताउदै कम्पनीले सेवा चाँडै सुचारु हुने जनाएको छ ।

अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन कम्पनीले सूचनामार्फत आग्रह गरेको छ ।

निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलमा बिहीबार बिहानदेखि समस्या आउँदा लाखौं उपभोक्ता प्रभावित भएका छन् ।

 

You might also like

Comments are closed.