पूर्व सुचना प्रणालीमा पु¥याएको योगदानको कदर गर्दै एनसेललाई सम्मान

काठमाडौं । नेपाल सरकारले एनसेललाई पूर्व सुचना प्रणालीमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरको छ ।

बिहीबार काठमाडौंमा आयोजित नेशनल वर्कसप अन अर्ली वार्निङ् सिस्टम कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशीलचन्द्र तिवारीले एनसेललाई सम्मानस्वरुप कदर पत्र प्रदान गरेका हुन् ।

एनसेलले पूर्व सुचना प्रणाली सञ्चालनका लागि जल तथा मौसमजन्य विपद्को सूचना सम्प्रेषणमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै यो कदर पत्र प्रदान गरिएको हो । पुर्व सूचना प्रणालीमा अग्रणी भुमिका खेल्र्दै सन् २०१६ देखि एनसेलले जल तथा मौसम विभागसँगको सहकार्यमा बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसलाई पुर्व सूचना प्रवाह गदै आएको छ ।

jutta mela

गत पुषमा मात्र एनसेलले जल तथा मौसम विज्ञान विभागले एक समझदारी पत्रमा हस्ताक्षर गरेर सहकार्यलाई थप विस्तार गरेका थिए । जस अन्तर्गत पूर्व सुचना प्रणालीमा अब १३ वटा जोखिमहरु समेटिएका छन् । यसै अनुरुप एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपका बारेमा पूर्व सूचना प्रवाह गर्दै आएको छ । ती १३ प्रकोपहरुमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावाहुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषण र घुम्रपात रहेका छन् ।

सन् २०१८ मा पनि जल तथा मौसम विज्ञान विभाग र सोसाइटी अफ हाइड्रोलोजिष्ट एन्ड मेटिओरोलोजिस्ट (सोहम), नेपालले एनसेललाई पूर्व सूचना प्रणालीमा पु¥याएको योगदानको कदर गर्दै डा. ऋषिराम शर्मा विपद् पूर्वतयारी तथा प्रतिकार्य पुरस्कार प्रदान गरेको थियो ।

कुनै प्राकृतिक विपद् घट्नु अगाडि नै प्राप्त हुने पूर्व सूचनाले जनधनको क्षति हुनबाट बचाउँछ । पूर्व सूचनाका कारण त्यस्ता जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ । यस्तो सहकार्यले जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौं मानिसको जीवन रक्षा गर्न ठूलो भूमिका खेल्दछ । अध्ययनले बाढीको प्रकोप बढ्दै गएपनि त्यसबाट हुने मानविय क्षति भने पूर्व सूचना प्रवाहका कारण धेरै कम भएको देखाएको छ ।

एनसेलका चीफ रेगुलेटरी एन्ड लिगल अफिसर विशालमणि उपाध्यायले जल तथा मौसम विज्ञान विभागसँग पुर्व सुचना प्रणालीका लागि निरन्तर सहकार्य गर्न पाएकोमा खुसी लागेको बताउँदै सम्मान गरेकोमा धन्यवाद दिए ।

हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्घता अनुरुप यो सहकार्य गरिरहेका उपाध्यायले बताए । सम्भावित विपद्बाट आम नेपालीको जनधन जोगाउने निरन्तरको प्रयास जारी रहनेछ, सारा नेपाल र नेपालीको हितको लागि यसरी सधैँ काम गर्न तयार रहेको उनको भनाई छ ।

पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसलाई सम्भावित जोखिमको बारेमा सुचित गर्दै आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थालाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पु¥याउँछ ।

सन् २०१६ देखि एनसेलले निरन्तर बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसलाई पुर्व सूचना प्रवाह गदै आएको छ । २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पुर्व सुचना प्रवाह गरेको थियो ।

You might also like

Comments are closed.