एनसेल बन्यो नेपाल प्रिमियर लिगको ‘पावरड बाई’ प्रायोजक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेल लाई ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको छ ।

एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र क्यानको संयुक्त पहलमा यो महत्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । ब्राण्ड लजिकले यसअघि, एनपीएलको मुख्य प्रायोजकका रूपमा सिद्धार्थ बैंकलाई अनुबन्ध गरिसकिएको छ ।

प्रतियोगिता मङ्सिर १६ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताका सबै खेलको प्रसारणका लागि भारतीय कम्पनी स्टार स्पोर्ट्स नेटवर्कसँग प्रसारण सम्झौता गरिएको छ ।

 

You might also like

Comments are closed.