काठमाडौं । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले नेपाल सुपर लिगको तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ । नेपाल सुपर लिग नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो ।
शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको थियो । यस सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवद्र्धन गर्दै नेपाली फुटबलप्रेमीको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै, यसले नेपालका उदयीमान खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । नेपाल र नेपाली उपभोक्तालाई एक आपसमा जोड्ने एनसेलको मुल दर्शन नेपाली फुटबलप्रतिको भावना र जोशसँग पनि मेल खाने निश्चित छ ।
सन् २०२१ मा स्थापना भएको नेपाल सुपर लिगलाई नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ । यसले क्षेत्रीय पहिचान प्रवद्र्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ ।
नेपाल सुपर लिग नेपाल सुपर लिगको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरू हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित ७ टिमहरूबीच कडा प्रतिस्पर्धा हुने भएको छ । विभिन्न टिमहरू उपाधी जित्नको लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्ने बताए । नेपाली फुटबल खेलाडीलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्दै देशलाई गर्व गराउने अवसर दिने एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनको भनाइ छ ।
एनसेलले अघिल्लो वर्षदेखि नै नेपाल सुपर लिगसँग सहकार्य गर्दै आएको छ । यस लिगमार्फत एनसेलले फुटबल प्रतिभा प्रवद्र्धन गर्नुका साथै नेपालमा खेल पूर्वाधार सुधार गर्न प्रतिबद्धता दोहोर्याएको छ । एनसेलको निरन्तर समर्थन खेल विकास, युवा सशक्तीकरण र स्वस्थ जीवनशैली प्रवद्र्धनमा केन्द्रित छ ।
जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रही एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीको सिप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आइरहेको छ ।
Comments are closed.