नेपालमै पहिलाेपटक संचालन हुँदै ‘डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेन्ट’ कोर्ष

काठमाडौं । नेपालमै पहिलापटक डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेन्ट (Diploma in Cooperative Management) कोर्ष संचालन हुने भएको छ ।

सहकारी क्षेत्रको गुणात्मक विकासका लागि व्यावसायिक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपालमै पहिलोपटक डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेन्ट कोर्ष संचालन गर्न लागिएको राष्ट्रिय सहकारी महासंघले जनाएको छ ।

कोर्ष गर्न इच्छुक सहकारी संघसंस्थालगायत सम्पूर्णलाई आवेदन दिन महासंघले आह्वानसमेत गरेको छ । आवेदन आगामी मंसिर १५ गतेसम्म दिन सकिने छ । सिट संख्या २५ मात्रै रहेकाले first Come First Serve Basis मा भर्ना लिइने महासंघले जनाएको छ ।

jutta mela

विज्ञ व्यक्तित्वहरुबाट कोर्ष तयार पारिएको महासंघका अध्यक्ष मीनराज कँडेलले जानकारी दिए । महासंघले सञ्चालन गर्ने यो कोर्षको पठनपाठन काठमाडौं युनिभर्सिटीका प्रध्यापकहरुले गर्नेछन् ।

नेपालमा विभिन्न युनिभर्सिटीहरुले सहकारीका विषयलाई कोर्षमा समावेश गर्ने क्रम बढिरहेको बताउँदै अध्यक्ष कँडेलले सहकारीका विषयमा सबैले पढ्न र अध्ययन गर्नुपर्ने धारणा राखे ।

You might also like

Comments are closed.