काठमाडौं । ललितपुरको हरिसिद्धिमा सञ्चालित ‘नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.’ स्थापनाको छैटौं वर्षमा प्रवेश गरेको छ । हस्पिटलले शुक्रबार एक कार्यक्रमबीच पाँचौं वार्षिकोत्सव मनाएको छ । एक सय शैय्या क्षमताको हस्पिटल २४ रोपनी जग्गामा फैलिएको छ । हस्पिटलले अन्तर्राष्ट्रियस्तरको सेवा सुविधाबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हस्पिटलको स्थापनादेखि हालसम्मको अवस्थामा साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण तथा सेवाग्राहीप्रति संस्थापक तथा कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले आभार व्यक्त गरेका छन् ।
सम्पूर्ण शेयरधनीहरुको साथ तथा माया र विश्वास, संचालक समितिका सदस्यहरुको दिन रातको निस्वार्थ तथा निरन्तर र अथक प्रयास, सम्पूर्ण विषेशज्ञ डाक्टरहरु लगायतका सम्पूर्ण प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुको दिनरातको अथक प्रयासबाट अस्पताललाई नेपालको एक लोकप्रिय क्यान्सर अस्पतालको रुपमा स्थापित गर्न सक्षम भएको प्रमुख कार्यकारी अधिकृत डा. बच्चुकैलाश कैनीले बताए । ‘यस अस्पतालले गरिआएको सेवा तथा कार्यलाई र छोटो समयमै पाएको लोकप्रियता र उपलब्धिलाई स्वदेशमा मात्र नभई विदेशमा समेत यस अस्पतालको प्रशंसा भइरहेको सगर्व जानकारी गराउन चाहन्छु,’ वार्षिकोत्सवको अवसरमा कैनीले भने ।
पछिल्लो समय अस्पतालको संचालक समितिले अस्पतालको लागि सात वटा कार्य प्राथमिकताहरु तोकेको छ । यसमा मुख्य तीन प्राथमिकताहरु मध्ये पहिलोमा गुणस्तरीय सेवा उपलब्ध गराउने, दोश्रोमा कार्य दक्षता बढाई लागत सुधार गर्ने र उत्पादकत्व बढाउने र तेश्रोमा अस्पतालका सेवा र सुविधाहरुको अधिकतम उपयोग गर्ने गरि अस्पतालका सेवा र सुविधाहरुको बजार व्यवस्थापन र प्रवद्र्धन गर्ने रहेको कैनीले जानकारी दिए ।
चालु आर्थिक वर्षका अन्य चार वटा प्रथामिकताहरुमा अस्पतालको सेवा र सुविधाहरुको विस्तार, लगानीकर्ताहरुलाई प्रतिफल वा लाभांश दिने, जनशक्ति विकास र अन्त्यमा विभिन्न निकाय र संघ संस्थासंग साझेदारी रहेको उनले बताए ।
अब आउने आर्थिक वर्ष २०७९/८० को लागि अस्पतालको मुख्य प्राथमिकताहरु अस्पतालको सेवा र सुविधाहरुको विस्तार र विकास गर्ने, अस्पतालमा बिरामी र सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउँदै मितव्ययी तरिकाले अस्पताल संचालन गर्ने र आक्रामक बजार व्यवस्थापन गर्ने लगायत छन् ।
अस्पतालले तत्कालीन र दीर्घकालीन लक्ष्य लिएर अगाडि बढिरहेको छ । सेवाग्राहीलाई स्तरीय स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा राख्दै भौतिक पूर्वाधारको विकास र लगानी विस्तार पनि गर्ने योजनामा अस्पताल रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
अस्पतालको सेवा र सुविधाहरुको सुधार गर्नुपर्ने क्षेत्रहरुको विभिन्न माध्यम जस्तै सेवाग्राही तथा बिरामीको प्रतिक्रिया वा सुझाव, सहकर्मीको सुझाव, संचालक समितिको राय, व्यवस्थापनको अनुगमन, निरीक्षण र कार्य मुल्यांकन आदिबाट सुधार गर्नुपर्ने क्षेत्र पहिचान गरी सुधारका कार्य योजनाहरु बनाउने, कार्यान्यन गर्ने र नियमित अनुगमन, मुल्यांकन तथा सुपरीवेक्षण गर्ने काम भइरहेको अस्पतालले जनाएको छ । ‘आइएसओ ९००१ः२०१५ बमोजिम हरेक विभाग, युनिट र क्षेत्रका लागि सञ्चालन प्रक्रियाहरू (स्ट्याण्डर्ड अपरेटिङ प्रोस्युडर्स) बनाई लागु गर्ने, कर्मचारीहरुलाई तालिम दिने, सेवाको परीक्षण गर्ने र सुधार गर्नुपर्ने क्षेत्रमा कार्य योजना बनाउने र लागुगर्ने काम पनि भइरहेको छ,’ प्रमुख कार्यकारी अधिकृत कैनीले वार्षिकोत्सवको अवसरमा भने ।
अस्पतालको सेवा र सुविधाहरुको गुणस्तरको नियमित रुपमा मापन हुँदै आएको र सेवाग्राहीहरुले दिएको प्रतिक्रिया अनुसार सन्तुष्टि दर गएको चौमासिकमा ९१.७% प्रतिशत रहेको उनले बताए । ‘रेफेरल दर ९५.२% छ । हाम्रो लागि यो गौरवको विषय हो । तथापी, यो सुचाकंमा अझै सुधार गर्न हामी सबैले थप काम गर्नु पर्नेछ,’ उनले भने ।
सञ्चालक समितिको सिफारिस तथा कम्पनीको वार्षिक साधारण सभाको निर्णय अनुसार अस्पताललाई प्रा. लि. बाट पब्लिक कम्पनीमा रुपान्तरण गरिएको छ । कम्पनीका सबै १४७ जना शेयरधनीलाई निकट भविष्यमा नै शेयर धनी प्रमाणपत्र वितरण गर्ने र आगामी छ महिनाभित्र यो कम्पनीको साधारण सभा गर्ने योजना रहेको वार्षिकोत्सवको अवसरमा बताइयो ।
अस्पतालले कर्मचारीहरुलाई समेट्ने गरी १० लाख रुपैयाँको दुर्घटना बीमाको योजना शुरु गरेको छ । पहिलो पटक अस्पतालका सबै कर्मचारीहरुलाई १ लाखको स्वास्थ्य बीमा योजना पनि लागु भएको छ । कर्मचारीको वृत्तिविकासको लागि कर्मचारी प्रशासन नीतिमा संसोधन, कर्मचारीहरुलाई अस्पतालमा नै नियमित तालिमको व्यवस्था अस्पतालले गरेको छ । जस अनुसार गत वर्षमा नर्सिङ विभागमा १४ वटा तालिममा ५८१ जना सहभागी भए भने व्यवस्थापकीय सीप र दक्षता अभिवृद्धि गर्न दश वटा तालिममा ४२५ जना कर्मचारीको सहभागिता रह्यो । हाल अस्पतालमा चिकित्सकहरु ९६, नर्सिङ (एएनएम÷सिएमए सहित) १७३, पारामेडिकल ७३ र प्रशासनिक १०६, गरी जम्मा ४४८ कर्मचारीहरु कार्यरत छन् । ९५ जना आउटसोर्स मार्पmत कार्यरत छन् ।
बिरामीलाई प्रदान गरिने सेवा र सुविधा, आर्थिक अवस्था, व्यवस्थापकीय पक्ष, गुणस्तर आदिको नियमित रुपमा मुल्यांकन गर्न अस्पतालले विभिन्न सूचांकको प्रयोगसमेत गर्दै आइरहेको छ ।
अस्पतालले सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आइरहेको छ । अस्पतालबाट गत आर्थिक वर्ष २०७७÷७८ मा ३ करोड ५९ लाख ३१ हजार बराबरको छुट दिइएकोमा चालु आर्थिक वर्षको वैशाखसम्म २ करोड ९७ लाख ९७ हजारको छुट अस्पतालको सेवाग्राहीलाई दिएको छ । अस्पतालको डिजिटल सिस्टममा पनि थप काम गरेर मिडासको कार्यान्वयन अन्तिम चरणमा पुर्याएको छ ।
यसैबीच अस्पतालले पाँचौं वार्षिकोत्सवको अवसरमा खेलकुद प्रतियोगिता, नाचगान र कविता वाचन, सांगीतिक कार्यक्रमहरु, हाजिरी जवाफ, आशा पत्रिकाको प्रकाशन, वाल्काथुन, ब्लड डोनेसन, फ्री क्लिनिक लगायतका गतिविधि सम्पन्न गरेको छ ।
Comments are closed.