निजी क्षेत्रको पहिलो क्यान्सर अस्पताल ‘नेपाल क्यान्सर अस्पताल’

रविना ढकाल, ललितपुर । क्यान्सरका बिरामीहरु राम्रो उपचारका लागि भारत लगायत विदेशसम्म जानुपर्ने बाध्यतामा थिए । क्यान्सरका बिरामीले काठमाडौंमा एउटै छानामुनी विशेष विशेषज्ञ सेवा व्यवस्थित रुपमा पाउन सकेका थिएनन् । यसै क्रममा केही विशेषज्ञ डाक्टरहरुलाई क्यान्सरका बिरामीहरुको मात्रै उपचार गर्ने गरी अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो । सोही सोचबाट अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्नेगरी ‘नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.’को एक दशक अगाडि स्थापना भयो । जुन निजी क्षेत्रको लगानीमा खुलेको पहिलो क्यान्सर अस्पताल पनि हो ।

दश वर्ष अगाडि स्थापना भएको यो अस्पतालले क्यान्सर रोगीहरुका लागि उपचार सेवा प्रदान गर्न सुरु गरेको ६ वर्ष भइसकेको छ । ललितपुरको हरिसिद्धिमा रहेको यो अस्पताल मा अहिले एक सय शैय्या छन् । २४ रोपनी जग्गामा फैलिएको हस्पिटलमा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान भइरहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बच्चुकैलाश कैनीले बताए । अस्पताल व्यस्थापनमा पिएचडी गरेका कैनीको नेतृत्वमा बिगत एक वर्ष अगाडिबाट हस्पिटलको प्रशासनिक नेतृत्व सञ्चालन भइरहेको छ । हस्पिटलका संस्थापकसमेत रहेका डा. सुदिप श्रेष्ठ कार्यकारी अध्यक्षको जिम्मेवारीमा छन् ।

हस्पिटलले आगामी दिनमा पनि सेवा विस्तारलाई निरन्तरता दिने तयारी गरिरहेको छ । अबको एक वर्षमा एक सय ५० शैय्या पुर्याउने तयारी भइरहेको कैनीले जानकारी दिए । हस्पिटलमा अहिले ९६ जना चिकित्सक कार्यरत छन् । १ सय ६० जना नर्सिङ कर्मचारीसहित ६ सय जना जनशक्तिले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आगामी दिनमा लगानी विस्तारसँगै रोजगारी संख्यामा समेत बृद्धि हुने कैनीले जानकारी दिए । हस्पिटलमा अहिले १० वटा आइसियु र ३ वटा अपरेसन थिएटर छन् । यसको क्षमता पनि बृद्धि गर्ने तयारी हस्पिटलले गरेको छ । ‘बोनम्यारो ट्रान्सप्लान्ट, रोबोष्ट्रिक सर्जरी लगायतको सेवा विस्तार गर्दै थप भौतिक संरचना निर्माणको तयारीमा छौं,’ उनले भने, ‘क्यान्सरका बिरामीलाई आवश्यक सम्पूर्ण सेवा हामी उपलब्ध गराउँछौं ।’

jutta mela

क्यान्सर विरुद्धको लडाईको सामना संसारभरका धेरै मानिसले गरिरहेका हुन्छन् । यो रोगका बिरामी नेपालमा पनि बढिरहेका छन् । नेपालजस्तो न्युन स्रोत भएको मुलुकमा क्यान्सर विरुद्ध लड्न पुर्वाधार निर्माण र जनशक्ति तयार पार्ने जिम्मेवारीमा राज्यले खासै चासो देखाएको पाइदैन । निजी क्षेत्रबाट खुलेको यो अस्पतालले क्यान्सरका बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्ने र आफ्नो सेवालाई सबैको पहुँचमा राख्ने लक्ष्य लिएको कैनी बताउँछन् ।

‘क्यान्सरका बिरामीलाई अत्याधुनिक प्रविधिको प्रयोग गरि उच्च गुणस्तरको स्वास्थ्य सेवा प्रदान गर्नको लागि अस्पताल सञ्चालनमा आएको हो,’ कैनीले भने, ‘अस्पतालमा दक्ष तथा अनुभवी चिकित्सकको टोलीले सेवा प्रदान गरिरहेको छ । बिरामीले सस्तो तथा सुरक्षित तरिकाले उपचार पाउँछन् ।’ अस्पतालमा रहेको मल्टिडिसिप्ल्निरी डिपार्टमेन्टले सबै प्रकारका क्यान्सर रोगीलाई एकै छानामुनी राखी उपचार गर्छ । अस्पतालले क्यान्सर रोगीको बोझ कमगरी बाच्न र बिरामीको परिवार जीवनको गुणस्तर सुधारमा पनि योगदान पुर्याउँदै आएको छ । अस्पतालले प्रिभेन्टिभ र प्यालिटेटिभ अक्नोलोजीमा जोड दिएको छ ।

शुरुमा नै क्यान्सर पत्ता लगाउन सकियो भने यसलाई निको बनाउन सकिन्छ । उपचार गरेका कतिपय बिरामी पूर्ण रुपमा निको हुन्छन् भने नभएका पनि लामो र अर्थपूर्ण जीवन जिउन सक्छन् । अस्पतालको फोकस भनेको नै क्यान्सरका बिरामीको हेरचाह र उपचार हो । अस्पतालमा रहेका डाक्टरहरुसँग हरेक प्रकारका क्यान्सरको उपचार र निदानमा विशेष विशेषज्ञता छ । उपचारमा अत्याधुनिक तथा नवीनतम विधि, प्रविधि तथा स्वास्थ्य उपकरणको प्रयोग हुँदै आइरहेको छ ।

सबै बिरामीको रोग तथा उपचार पद्धति एउटै नहुने भएकाले बिरामीको आवश्यकता तथा रोगको प्रकृति अनुसार हस्पिटलबाट उपचार सेवा प्रदान हुँदै आइरहेको छ ।

अस्पतालमा रहेका सर्जनले मुख, जिब्रो, स्तन, फोक्सो, मलासय लगायतको सफल शल्यक्रिया गरिसकेका छन् । मेडिकल ओन्कोलोजिष्ट, सर्जिकल ओन्कोलोजिष्ट, रेडियोलोजष्ट, रेडिएसन अन्कोलोजिष्ट लगायतले विशेष तरिकाले उपचार गरिरहेका छन् ।

हस्पिटलमा उच्चतम प्रविधिको Linac True Beam-II छ जुन सबैभन्दा उच्चस्तरको रेडिएसन इक्युपमेन्ट मानिन्छ । एक दशकभन्दा लामो अनुभव रहेका रेडिएसन अन्कोलोजिष्ट अस्पतालमा छन् जुन अस्पतालका लागि पनि गौरवको विषय हो ।

अस्पतालका डाक्टर तथा नर्सले गरेको उपचार, प्रोत्साहन र हेरचाहले बिरामी तथा तिनका आफन्तलाई ऊर्जा प्रदान गर्नुका साथै प्रोत्साहन मिल्ने गरेको छ । बिरामीका र तिनका आफन्तलाई क्यान्सर निदान र उपचारका साथमा हुनसक्ने चिन्ता र डिप्रेसनको सामना गर्न मनोचिकित्सक र मनोवैज्ञानिकले विशेष तालिम प्रदान गर्दछन् ।

अस्पतालमा स्वयम् सेवक समूह पनि छ जुन समूहमा क्यान्सर निको भएका व्यक्ति पनि छन् जसले बिरामीलाई भावनात्मक समर्थनका साथै उनीहरुको क्यान्सर यात्राका बारेमा जानकारी र अनुभव आदानप्रदान गर्छन् । इच्छुक बिरामी पनि यस समूहमा आवद्ध हुन सक्छन् । हस्पिटलमा एकेडेमिक, क्युरेटिभ, डाइग्नोष्टिक, प्यालिटेटिभ, प्रिभेन्टिभ, लगायतका सेवा उपलब्ध छन् ।

You might also like

Comments are closed.