नेप्से परिसूचक ओरालो यात्रामा

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर १९ सय ७४ दशमलव ३७ मा सीमित भएको छ । कूल ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर रु ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ मूल्यमा कारोबार भयो ।

jutta mela

स्टकका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड ६४ लाख ९९ हजार ७५३ बराबरको कारोबार भयो । यस्तै, डोल्टी पावर ९ दशमलव ५६, साधना लघुवित्त ८ दशमलव ७२, समता घरेलु लघुवित्त ८ दशमलव ७२, कुमारी बैंकको ऋणपत्र ४ दशमलव ०३ र नबील ब्यालेन्स फण्ड तेस्रोका लगानीकर्ताले ३ दशमलव ८९ प्रतिशतले कमाएका नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

पिपल्स पावर ९ दशमलव ९२, सिँगटी हाइड्रोपावर इनर्जी ७ दशमलव ५५, हिमालयन डिस्टिलरी ६ दशमलव ३३, जानकी फाइनान्स ५ दशमलव ६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले भने ५ दशमलव २३ प्रतिशत घाटा बेहोर्नुपरेको छ ।

You might also like

Comments are closed.