‘व्यावसायिक आवाज’ मार्फत व्यवसायीको आवाज बुलन्द गर्दै उवासंघ काठमाडौं

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले उद्योगी व्यवसायीहरुको आवाज बुलन्द गर्ने लक्ष्यसहित ‘व्यावसायिक आवाज’ कार्यक्रमको नियमित सृङखला सञ्चालन गरिरहेको छ ।

यसैक्रममा संघले बिहीबार काठमाडौंमा व्यावसायिक आवाजको दोस्रो सृङखला सम्पन्न गरेको महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए ।

व्यवसायीहरुले भोग्नु परेका समस्याहरु सुन्न र सुनाउनका लागि कार्यक्रम उपयोगी बनेको अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

यसैबीच बिहीबार आयोजीत कार्यक्रम मार्फत संघले उद्योगी व्यवसायी मत्रै मौद्रिक नीति ल्याउनका लागि नेपाल राष्ट्रबैंकलाई आग्रह गरेको छ ।

आर्थिक मन्दीका कारण निजी क्षेत्रले धेरै समस्या भोग्नु परेकाले ती समस्याहरु समाधानका लागि राज्यले पहल गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

You might also like

Comments are closed.