काठमाडौं । रिलायन्स फाईनान्स लिमिटेडले डिजिटल ऋण प्रदान गर्ने भएको छ । फाईनान्सले ईसेवा संगको सहकार्यमा ईसेवाका ग्राहकलाई ईसेवा मोबाइल एप मार्फत डिजिटल ऋण सेवा उपलब्ध सम्बन्धमा सम्झौतामा हस्ताक्षर गरेको छ ।
फाईनान्सको प्रधान कार्यालय कमलादीमा सम्पन्न भएको सम्झौता अनुसार ईसेवाका ग्राहकहरुले आफ्नो व्यवसाय बृद्धि गर्न रिलायन्स फाईनान्सले बिनाधितो २ लाख रुपैयाँसम्म डिजिटल कर्जा सहज रुपमा छिटो छरितो र सुरक्षित रूपमा प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा रिलायन्स फाईनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. बुुद्घि मल्ल र ईसेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि दुबै पक्षले यो सहकार्यले ग्राहकले बिना कागजी प्रक्रिया, छिटो र सहज पहुँच सहितको डिजिटल ऋण सेवा प्राप्त गर्नुका साथै यसले यसले नेपालको डिजिटल अर्थतन्त्रलाई समेत थप टेवा पु¥याउनेमा विश्वास ब्यक्त गरेका छन् ।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि बिभिन्न संस्थाहरुसंग हातेमालो गर्दै ग्राहकहरुलाई नवीनत् सेवा प्रदान गर्दै आईरहेको छ ।






Comments are closed.