नेपाल डेरी एसोसिएसनद्वारा सहायता सूचना केन्द्र गठन, सेवा सरु

काठमाडौं । दुग्ध क्षेत्रका समस्या समाधानका लागि नेपाल डेरी एसोसिएसनले सहायता सूचना केन्द्र गठन गरेको छ । नयाँ वर्ष २०८१ को सुरुबाटै हट लाइनको व्यवस्थासहित सेवा सुरु भएको अध्यक्ष प्रल्हाद दाहालले दाहालले जानकारी दिए ।

‘दुग्ध क्षेत्रमा आइपर्ने विभिन्न समस्याहरुको पहिचान एवं समाधानको लागि एसोसिएसनले यो पहलकदमी लिएको हो,’ उनले भने । एसोसिएसनले मनोज कुमार यादवको संयोजकत्वमा ५ सदस्यीय सहायता सूचना केन्द्र समिति गठन गरेको छ ।

नव गठित समितिले एक हटलाइन मार्फत हरेक दिन बिहान ८ बजेबाट ९ बजेसम्म र अरु समयमा पनि फेसबुक, भाइवर, वाट्स्याप लगायतका माध्यमबाट दुग्ध क्षेत्रमा समस्याहरु पहिचान गरी ती समस्या निवाकरणको लागि केन्द्र गठन गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।

jutta mela

वैशाख १ गतेबाट हटलाइन सेवा र अन्य माध्यम सञ्चालनमा आएको कुरा संयोजक मनोज यादवले जानकारी दिदै अब दुग्ध क्षेत्रका साना–साना समस्यामा अनावश्यक तनाव नहुने धारण राखे । नियमित सो कल सेन्टरमा सम्पर्क गरि समस्याहरु जानकारी गराउन र समाधानका उपायहरुका बारेमा समेत जानकारी दिन सकिने एसोसिएसनका महासचिव हेमचन्द्र खनालले बताए ।

नेपाल डेरी एसोसिएसन २०५५ सालमा स्थापना भई निरन्तर दुग्ध क्षेत्रमा काम गरिरहेको छ । सातै प्रदेशमा छरिएर रहेका साना, ठूला, मझौला र घरेलु डेरीहरु गरि झण्डै ३ सय वटा डेरी उद्योगहरु एसोसिएसनमा आबद्ध छन् । अहिले यसरी सदस्यहरुका लागि यो किसिमको नयाँ सोच र जाँगरले एसोसिएसनलाई थप उचाईमा पु¥याउने र सदस्यहरुलाई ठूलो राहत हुने कुरा एसोसिएसनका सदस्य दीपक संजेलले बताए । ‘उद्योगमा सानो समस्य आउँदा पनि ठूलो हैरानी हुने र ठूलै नोक्सानी हुनबाट बच्न सकिन्छ,’ उनले भने ।

नियमित सम्पर्कका लागि मोबाइल नम्बर 9802355255 कल गर्न तथा भाइवर, ह्वाट्सएपमा म्यासेज गर्न सकिने र फेसबुकमा समेत गुनासो म्यासेस गर्न सकिने व्यवस्था गरिएको समितिका सदस्य निराजन कोइरालाले जानकारी दिए ।

You might also like

Comments are closed.