दुग्ध क्षेत्रका समस्या समाधानका लागि सहायता सूचना केन्द्र गठन

काठमाडौं । नेपाल डेरी एसोसिएसनले दुग्ध क्षेत्रमा आई पर्ने विभिन्न समस्याहरुको पहिचान एवं समाधानको लागि पहलकदमी लिएको छ । यसका लागि एसोसिएसनले मनोज कुमार यादवको संयोजकत्वमा ५ सदस्यीय सहायता सूचना केन्द्र समिति गठन गरेको छ ।

मंगलबार बसेको बैठकले सूचना केन्द्र समिति गठन गरेको हो । दुग्ध क्षेत्रका समस्याहरु पहिचान गरी ती समस्या निकारणको लागि पहलकदमी लिनका लागि समिति गठन गरिएकोे अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

वैशाख १ गतेबाट कल सेन्टर सञ्चालनमा आउने उनले जानकारी दए । सो कल सेन्टरमा सम्पर्क गरि समस्याहरु जानकारी गराउन र समाधानका उपायहरुका बारेमा समेत जानकारी दिन सकिनेछ ।

jutta mela

यसैबीच, नेपाल डेरी एसोसिएसनको नव वर्ष २०८१ सालको क्यालेण्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम पनि सम्पन्न गरेको छ ।

नेपाल डेरी एसोसिएसन २०५५ सालमा स्थापना भई निरन्तर दुग्ध क्षेत्रमा काम गरिरहेको छ । साना, ठूला, मझौला र घरेलु डेरीहरु एसोसिएसनमा आबद्ध छन् ।

नेपालको डेरी उद्योगहरुमा निजी क्षेत्रको ४५ अर्ब लगानी छ । ४० हजार जना रोजगारी पाइरहेको बताइएको छ । ६ लाख किसान यो क्षेत्रमा जोडिएका छन् । दूध उद्योगहरु मार्फत शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा दैनिक ६ करोड रुपैयाँ पुग्ने गरेको तथ्यांक छ ।

You might also like

Comments are closed.