बुटवल । नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः थानेश्वर न्यौपाने निर्वाचित भएका छन् । बिहीबार बुटवलमा सम्पन्न छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रदेशको उपाध्यक्षमा कमलप्रसाद भुषाल, सचिवमा विजय सापकोटा, कोषाध्यक्षमा लेखनाथ भण्डारी, सह–सचिवमा लिलाराम भुसाल निर्वाचित भएका छन् । सदस्यहरू सन्दीप जैसवाल, लोकराज पोखरेल, कासिराम भट्टराई, कमलप्रसाद आचार्य, सनम शर्मा, नर्जन श्रेष्ठ, हरि देवकोटा (प्रकाश), पवन भट्टराई, जनदीप न्यौपाने र नवराज सापकोटा निर्वाचित भएका छन् ।
नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यप्रति अध्यक्ष न्यौपानेले आभार व्यक्त गरे । नेपालकै ठूलो डेरी मध्यको ग्लोबल डेरीका उनी सञ्चालक हुन् । लुम्बिनी लगायत देशभरको दुग्ध क्षेत्रको विकास र प्रवरद्ध्नमा आफूहरु सक्रिय हुने उनले प्रतिबद्धता जनाएका छन् । सदस्यहरुको हकहितमा काम गर्ने उनको भनाइ छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै एसोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि मेघराज भण्डारीले नेपालको आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।




Comments are closed.