सुदुरपश्चिम अटोमोबाइल्स् एसोसिएसनको अध्यक्षमा ओझा निर्विरोध निर्वाचित

सुदुरपश्चिम । सुदुरपश्चिम अटोमोबाइलस् एसोसिएंसनको अध्यक्षमा पुष्करराज ओझा निर्वाचित भएका छन् । धनगढीमा सम्पन्न साधारण सभाले ओझाको नेतृत्वमा संघको नयाँ कार्यसमिती निर्विरोध चयन हो ।

कार्यसमितिको उपाध्यक्षमा श्याम जोशी, सचिवमा प्रजापति जोशी र कोषाध्यक्षमा स्मारिका बम, सदस्यहरुमा सुमन सैंजु, एलिस भण्डारी र दीपेन्द्र राना चयन भएका छन् भने विनोद बलायरलाई समितिको सदस्य मनोनित गरिएको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले साधारण सभाको उद्घाटन गरेका हुन् ।

विगत १६ वर्षदेखी मोटरस्पोर्टस्, अटोमोवाइल मोविलिटी, सडक सुरक्षा र अटोमोवाइल क्षेत्रको पेशागत हकहितमा कार्य गर्दै आएको नेपाल अटोमोवाइल्स एसोसिएसनको सुदूरपश्चिम प्रदेश संघको रुपमा दर्ता भएको हो । सुदुरपश्चिम अटोमोबाइलस् एसोसिएंसन सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्मा आवद्ध रहेकोे छ । साधारण सभाले धनगढी अटोक्रस र र्याली, मोटरसाइकल फ्ल्याट रेसिङ्, टुरिङ र्याली तथा सडक सुरक्षाको लागि युवा कार्यशाला जस्ता कार्यक्रम समेत पारित गरेको छ ।

कर्णाली प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य सचिव विश्वामित्र सञ्जेल र नेपाल अटोमोबाइल्स एसोसिएसन ट्रेनिङ्ग तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना दिएका छन् । एफआइए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले राष्ट्रिय संघ र अन्तर्राष्ट्रिय महासंघका क्यालेण्डर बारेमा प्रकाश पारेका छन् ।

 

You might also like

Comments are closed.