काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसनले अटोमोबाइल क्षेत्र सुधारका लागि ५ कार्यदल तथा जिम्मेवारी प्रदान गरेको छ । एसोसिएसनले नेपाली अटोमोबाइल क्षेत्रका महत्वपूर्ण एजेण्डामा लामो समयदेखि काम गर्दै आइरहेको छ । महत्वपूर्ण सार्वजनिक विषयमा अध्ययन प्रतिवेदन तयार गर्न व्यवसायी, विज्ञ र प्राविधिक सम्मिलित विभिन्न कार्यदल गठन तथा जिम्मेवारी प्रदान गरिएको हो ।
इलेक्ट्रिक भेकल (इभी) को व्यवसायीक, नीतिगत, प्राविधिक, आर्थिक, सामाजिक र व्यवस्थापकीय पक्ष समेतको अध्ययन गरी धारणा सार्वजानिक गर्न पीएचडी स्करल अनिलकुमार बराल, थापाथली क्याम्पसका असिस्टेन्ट प्रोफेसर सुनिल अधिकारी, टोयोटा नेपालका सिनियर टेकनिकल म्यानेजर ई प्रवेश पौडेल, नासा फाउण्डेसन नेपालका सुवास भट्टराई, वातावरण विज्ञ डा. विदुर ढुङ्गेल, र सुदुरपश्चिम अटोमोबाइल्स एसोसियसनका अध्यक्ष पुष्कर ओझा रहेको कार्यदल गठन गरिएको छ ।
नेपालमा भएका हेल्मेटको गुणस्तर र प्राविधिक पक्ष, विद्यमान ऐन, कानुन र कार्यान्वयनको पाटो, मोटरसाइकल सुरक्षा, मूल्य, राजस्वमा परेको असर तथा उपभोक्ता अधिकार समेत सुरक्षित गर्ने उद्देश्यले पद्मकन्या क्याम्पसका डा. भगवती सेढाई, जनस्वास्थ्य विज्ञ डा. पुष्पराज पन्त, सडक सुरक्षा विज्ञ तथा पूर्व प्रहरी अधिकृत विपिन गौतम र मोटर स्पोर्ट्स अफिसियल अंकित भण्डारी रहेको कार्यदल गठन गरिएको एसोसिएसनले जनाएको छ ।
त्यस्तै नेपालमा उपलब्ध र निर्माण भएका सवारी साधन, ब्राण्डहरुको विवरण र आर्थिक पक्ष, सुरक्षा र दिगोपना, प्राविधिक र कानुनी मापदण्ड जस्ता विषयमा अटोमोबाइल व्यवसायी कपिल सिवाकोटी, अटोमोबाइल व्यवसायी दीपक आचार्य, बागमती अटोमोबाइल्स एसोसियसनका अध्यक्ष राजन पिया, प्रिमियर अटोमोबाइलस्का जनरल मेनेजर (एफ्टर सेल्स) कृष्ण पोखरेल र मेकानिकल इन्जिनियर किरण धिताल रहेको कार्यदल गठन गरिएको छ ।
अटोल्याण्ड, भिन्टेज तथा पूराना गाडी, बसको बडीको गुणस्तर, ड्राइभिङ स्कुलको सुधारको विषयमा नेपाल अटोमेकानिक्स व्यवसायी संघका पूर्व अध्यक्ष ठाकुर न्यौपाने, एमएडब्लु इन्टरप्राइजेजका उपाध्यक्ष (कमर्सियल भेइकल) हेमन्त पुरानिक, भिन्टेज गाडी सङ्कलक पाउल गुरुङ, अटोवर्कसप व्यवसायी प्रभु अधिकारी, पूर्व डिएसपी बालकृष्ण पोखरेल र मेकानिकल इन्जिनियर नितेश यादव रहेको कार्यदल गठन भएको छ ।
काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभलको आयोजना, रोड सेफ्टी नेसनल अवार्ड तथा रोड सेफ्टी मिडिया अवार्ड समेतको वितरण नासा फाउन्डेसन नेपालमार्फत गरिनेछ । दुई महिनाभित्र प्रतिवेदन सार्वजनीक गर्नेछ भने उल्लेखित अध्ययन तथा कार्यक्रमले नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास र प्रवद्र्धन गरी आर्थिक, सामाजिक रुपान्तरणका लागि नीति निर्माणमा महत्वपुर्ण योगदान दिने विश्वास लिइएको छ ।
Comments are closed.