नेपाल अटोमोवाइल्स एसोसिएसनको दशौँ वार्षिक साधारण सभा सकियो

ललितपुर । नेपाल अटोमोवाइल्स एसोसिएसनको दशौँ वार्षिक साधारण सभा हिजो ललितपुरमा सम्पन्न भएको छ । साधारण सभामा केन्द्रीय संघ, प्रदेश संघ, कमिसन तथा क्लव समेतका गरी ४४ जनाको सहभागीता रहेको थियो ।

सभामा गत बर्षको प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, अगामी कार्ययोजना तथा समसामयिक प्रस्ताव गरी ४ वटा प्रतिवदेन प्रस्तुत भएको छ । जसलाई सामान्य छलफल पश्चात पारित गरिएको छ । त्यसैगरी आगामी वर्षको लागी अडिटर नियुक्ति, कार्यसमिति तथा कमिसनमा केही जिम्मेवारी हेरफेर, विशेष कार्यक्रमको घोषणा लगायतको कार्यसमेत साधारण सभाले पारित गरेको छ ।

jutta mela

अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न साधारण सभामा कार्यकारी निर्देशक गोविन्द भट्टराई, उपाध्यक्ष अनिलकुमार बराल, सचिव महेश अधिकारी, कोषध्यक्ष धान्यमणी नेपाल, इन्जिनियर गणशखर श्रेष्ठले विभिन्न प्रस्ताव तथा प्रस्तुति गरेका हुन् । संघमा आबद्ध प्रदेश संघ, क्लव तथा एसोसिएट मध्येबाट गत आर्थिक वर्षमा सर्वाधिक सक्रिय वागमती अटोमोवाइल एसोसिएसन (प्रदेश संघ वागमती) लाई एक्टिभ अवार्ड प्रदान गरिएको छ ।

सभामा १८ जनालाई विशिष्ट योगदान दिएबापत प्रशंसापत्र प्रदान गर्ने निर्णय भएको छ । हिमालयन मोटरल्याण्डको स्थानान्तरण, गोरिटारको प्रस्तावित रेसिङ्ग सर्किट र ई– स्पोर्टस, तथा पावरवोटिङमा जोड दिने जस्ता निर्णय समेत भएको छ । १८ बुँदे क्यालेण्डर, १० बुँदे सार्वजानिक प्रतिवद्धता जारी गरी सकिएको सभाले संघको इभेन्टको लागी प्रदेश संघ, क्लव र कमिसनलाई सबै जिम्मेवारी समेत दिएको छ ।

You might also like

Comments are closed.