जापानको क्लब रेसिङ्गमा राइडर बिक्रम थापाको जित

काठमाडौं । नेपालका भेट्रान राइडर बिक्रम थापाले जापानको क्लब रेसिङ्गमा जित हात पारेका छन् । नेपाली मोटरसाइकलिङ रेसिङ रेसमाण्डुबाट आफ्नो खेलजीवन सुरु गरेका बिक्रम झण्डै एक दशकदेखि जापानमा व्यवसायमा संलग्न छन् र त्यहीको ट्रयाकमा आफुलाई स्थापित गर्दैछन् ।

टोकियोनजिक चिवास्थित सोडेगौरा फरेस्ट रेसवे सर्किटमा सम्पन्न मोटरसाइकल रेसिङ्गमा उनले उपाधि हात पारेका हुन् ।
२४०० मिटर लामो ट्रयाकमा ८ ल्याप पुरा गर्दै २२ जनालाई पछि पारेर उनले उपाधि हासिल गरे । ३७३ सिसिसम्मको सिङ्गल सिलिण्डर अथवा २५० सिसिको टुइन सिलिण्डर मोटरसाइकलको सो क्लव सिरिजको चौथो राउण्डमा फस्ट पोजिसन निकाल्न बिक्रम सफल भएका छन् ।

नेपाली मोटरसाइकल रेसिङ्गका सुरुवाति सकयका उन्धा राइडर बिक्रम नेपालको प्रारम्भिक र लोकप्रिय रेसिङ्ग रेसमाण्डुमार्पmत नेपाली मोटरसाइकल रेसिङ्गलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने एक मुख्य पात्र समेत हुन् । नेपालका थुप्रै रेसिङ्ग इभेन्टका पोडियम होल्डर बिक्रमले एशिया कप अफ रोड रेसिङ्ग, सुजिकि एसियन च्यालेन्च जस्ता अन्तराष्ट्रिय रेसमा राम्रो पदर्शन गरेका थिए ।

साथै २०१४ बेजिङ्गमा भएको एफआइए यङ्ग ड्राइभर्स एक्सिलेन्स एकेडेमी टे«निङ्गमा फरमुला रेसिङ्ग तयारीका लागी नेपालबाट छनौट समेत भएका थिए । यसअघि २०१८ मा जापानमै भएको टिके रेन्टल बाइक सिरिजको एक्सपर्ट क्लासको उपाधि उनले समेत जितेका थिए ।

उनका प्रदर्शनिलाई मध्यनजर गर्दै नेपाल अटोमोवाइल्स एसोसिएसनले गत वर्ष उनलाई च्याम्पियन्स अवार्डले सम्मान गरेको थियो । लाखौँ नेपाली कार्यरत रहेको जापानमा हाल दजनौँ मोटरस्पोर्टस्का पारखी सार्वजनिक भइरहेका छन् ।

यस अवस्थामा बिक्रमकै सक्रियतामा ‘मोटो–जाप नेपाल’ क्लव स्थापनाका लागी गत महिनादेखि नेपाल र जापानमा संस्थागत रुपमा संचालन गर्ने कार्ययोजना रहेको बिक्रम बताउछन् ।

You might also like

Comments are closed.