नेपाल अटोमोबाईल्स एसोसिएसनले सुरु गर्यो फेस्टिभ च्यालेञ्ज

काठमाडौं । नेपाल अटोमोबाईल्स एसोसिएसनले फेस्टिभ च्यालेञ्ज घोषणासहित सम्पन्न गरेको छ । गत सेप्टेम्बर २७ मा शुरु गरेको मोटरसाईकल कार्निभलको अन्तिम कार्यक्रमको रुपमा फेस्टिभ च्यालेञ्ज घोषणा गरेको हो ।

संघ स्थापनाको १६ वर्षको संकेत स्वरुप १६ राईडर्स बीचमा शनिवार हिमालयन मोटरल्याण्ड धुलिखेलमा सो अभियान घोषणा भएको छ । जसमा फेसबुकमा फोटो कन्टेस्ट, इन्सटाग्राम र टिकटकमा भिडियो तथा रील कन्टेस्ट रहेको छ ।

कार्यक्रममा सहभागीले आफुले पोस्ट गरेका ती कन्टेन्टलाई एक हप्ताभित्र सबैभन्दा धेरै लाईक, कमेन्टक र सेयरको आधारमा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । शनिवार नै ती सहभागीले स्लो बाईक कम्पिटिसनमा सहभागीता जनाएका छन् । जहाँ वेस्ट राईडर्सको रुपमा अनुप श्रेष्ठ चयन भए ।

jutta mela

यसअघि टू–व्हील टूरिङ, पोलिसी डायलग तथा वेस्ट अवार्ड लगायतका कार्यक्रम सम्पन्न भइसकेका छन् । अन्तर्राष्ट्रिय मोटरसाईकल फेडेरेसन एफआईएमको सन् २०२४ को लागि नेपालमा ट्रान्स–हिमालय एड्भेञ्चर मोटरसाईकल कार्निभल लगायतका कार्यक्रम सम्पन्न गरिएको हो ।

एफआईएम एसियाको सहयोगमा गत महिना मात्रै रेस अफिसियल र मार्शलको तालिम काठमाडौंमा सम्पन्न गरिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा युवाको बीचमा बाईक रेसिङ अत्यन्तै लोकप्रिय रहेका छ भने नेपालमा रेसिङको अलावा टुरिङ र राईडिङमा समेत यसको लोकप्रियता बढ्दो छ ।


यस पटकको मुख्यत दुईवटा ईभेन्टमार्फत अव नेपालको सन्दर्भमा मोटरसाईक्लिङ टूरिङ भरपर्दो विकल्प बन्ने निष्कर्षसहित सम्बन्धित सरकारी निकायमा सुझाव सहितको प्रतिवेदन बुझाउने तयारी समेत नासा नेपालले गरेको छ ।

You might also like

Comments are closed.