माउन्ट एभरेष्ट मोटरस्पोट्र्स फेस्टिभल सम्पन्न

काठमाडौं । माउन्ट एभरेष्ट मोटरस्पोट्र्स फेस्टिभलमा आशिष भारती अटोक्रस च्यालेन्ज र नेपाल अटोजिखाना (पुरुष) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ्ग मोक्ताङल नेपाल अटोजिखाना (महिला)मा प्रथम भएका छन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा शनिबार हिमालयन मोटरल्याड, धुलिखेलमा माउन्ट एभरेष्ट मोटर स्पोट्र्स फेस्टिभल भव्यताका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसको स्पोर्टस् डेभेलप्मेन्ट प्रोग्राम अन्तर्गत टोटल इनरजिज नेपालको शीर्षक प्रायोजन र बागमति प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोगमा भएको सो फेस्टिभलमा मोटरस्पोर्टस्का चारवटा विधामा रेसका साथै एटिभि डेमो र भिन्टेज कार प्रदर्शनी लगायतका विभिन्न आकर्षण थियो ।

फेस्टिभलको अटोक्रस च्यालेन्जमा रविन सुनुवार र सुन्दर होना, काटर््समाण्डु कपमा प्रविन कार्की र जय प्रताप मास्के, जिमखाना पुरुषमा रविन सुनुवार र दिगविजय आचार्य तथा जिमखाना महिलामा वर्षा बस्नेत र प्रज्ञा कडेलले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे । विजेताहरुले जनही क्रमशः नगद २७ हजार, ९ हजार र ३ हजार पुरस्कारका साथै सिल्ड सर्टिफिकेट र टोटल इनरर्जिजको गिफ्ट ह्यामपर पनि प्राप्त गरे ।

बागमति प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दीपक लामाले फ्लाग अफ गरी सुरु गरिएको सो फेस्टिभलमा अटोक्रस च्यालेन्ज, कार्टमाण्डु कप, क्वाड बाइक एभेन्चर र नेपाल अटोजिमखाना (पुरुष र महिला) लगायतका प्रतिस्पर्धामा ५० भन्दा बढी सहभागी रहेका थिए ।
कार्यक्रको सुरुवात गर्दै सदस्य सचिव लामाले नेपाली युवामा लोकप्रिय स्किल, स्पिड र इन्जिनको संयोजन मोटरस्पोर्टस्मा बागमती खेलकुद परिषद् प्रत्यक्ष संलग्न रहने बताउदै खेलाडीहरुको हौसला बढाए ।

नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र सल्लाहकार ठाकुरप्रसाद न्यौपाने, टोटल इनर्जिज नेपालका सेल्स डेड सुवोध थापा लगायतले विजेता र खेलाडीलाई धुलिखेलमा पुरस्कार वितरण गरेका हुन् ।

 

lcci
You might also like

Comments are closed.