नेपाल बैंकले ल्यायो नगद निक्षेप मेसिन सञ्चालनमा

काठमाडौं । नेपाल बैंक लिमिटेडले नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई सधैं नवीनतम् डिजिटल र्बैकिङ सेवा प्रदान गर्ने ध्येय अनुरूप नेपाल बैंकले काठमाडौं न्युरोडस्थित धर्मपथ काठमाडौंमा रहेको आफ्नो मूख्य शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको हो ।

सो नगद निक्षेप मेसिनको समुद्घाटन गर्दै यस बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटलमैत्री बनाउदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिदै लगिने जनाएको छ । नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ ।

हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं कटिबद्ध रहेको छ ।

You might also like

Comments are closed.