नेपाल बैंक र बुद्ध एयर बीच सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र बुद्ध एयरबीच सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको छ ।

बुद्ध एयरको अफिस काउन्टरमा शुल्कमा ८ प्रतिशत र नेपाल बैंकमा कार्यरत कर्मचारीलाई कार्गो सर्भिसमा ३० प्रतिशतले छुट हुने भएकोे छ । सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ्ग निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवावाट लाभान्वित हुन सक्नेछन् ।

lcci
You might also like

Comments are closed.