काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले काठमाडौंको नयाँ बानेश्वरमा रहेको लेट मि इन प्रालिमा छुट पाउने भएका छन् ।
बैंकमा खाता भएका ग्राहक तथा कार्यरत कर्मचारीलाई लेट मि इनमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा एक समझदारी गरिएको छ ।
सो सम्झौता बमोजिम लेट मि इनको कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धि सेवामा लाग्ने शुल्कमा नेपाल बैंकमा कार्यरत कर्मचारी र ग्राहकले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लेट मि इन प्रालिको तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका छन् ।
Comments are closed.