नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच सेवामा छुट सम्झौता

काठमाडौं ।  नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको चावहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता मंसिर १८ गते सम्पन्न भएको हो ।

सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी र उनीहरूका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहक, बैंकका क्रेडिट कार्ड होल्डर तथा नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरूले मेडिकेयर हस्पिटलमा उपचार गर्दा लाग्ने बिल रकममा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख  निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लिमिटेडको तर्फबाट व्यवस्थापन प्रबन्धक  रोशन ओझाले हस्ताक्षर गरेका हुन् ।

सम्झौताबाट नेपाल बैंकका कर्मचारी तथा बैंकसँग आबद्ध ग्राहकहरू सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास लिइएको छ ।

You might also like

Comments are closed.